एनआरएनए कप २०१४ मा सहभागि कलाकार सम्मानित

खगेन्द्र कार्की, कतार– एनआरएन कप २०१४ को सफलताको लागि सांगीतिक कार्यक्रम लिएर आएका राष्ट्रिय कलाकारहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम प्रवासी नेपाली मञ्च कतार र मोरङ सुनसरी सेवा समाज कतारले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुमको सभापतित्वमा आयोजित सो कार्यक्रममा अतिथि कलाकारहरु चर्चित लोक गायक तुलसी पराजुली, चर्चित गायिका जुनु रिजाल काफ्ले तथा चर्चित कलाकार विल्सन विक्रम राई लगायत गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सदस्य उमेश अधिकारी, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मक्सुद आलम, एनआरएनए एनसीसी पदाधिकारीहरु, आयोजक मञ्च सम्बद्ध पदाधिकारी तथा सदस्यहरु, मोरङ सुनसरी सेवा समाज कतारका अध्यक्ष लोकबहादुर तामाङ, पत्रकार समाजसेवी, व्यवसायी लगायतको उपस्थीति रहेको थियो ।  सम्मान कार्यक्रममा बोल्दै पहिलो पटक कतार आएका गायक पराजुलीले आफूहरु कुनै जातजाति, धर्म वा समूहको नभई विशुद्ध कलाकार भएको भन्दै सोही अनुरुप हेरिदिन आग्रह गरेका थिए । गायिका जुनु रिजाल तथा हाँस्य कलाकार राईले पनि आ–आफ्ना धारणा राख्दै सबै कलाकारले आफूहरु कतारमा आउँदा र कार्यक्रम आयोजना हुँदा ज्यादै हर्षित भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए । यसैगरी आयोजकका तर्फबाट मोरङसुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङ, मञ्चका उपाध्यक्ष चानक पोखरेललगायत अन्य अतिथिहरुले राष्ट्रिय कलाकारको कलालाई नजिकबाट हेर्ने तथा सम्मान गर्ने मौका मिलेकोमा खुशी व्यक्त गरेका थिए । 3

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय