कोरियाली भाषाको परिक्षा चल्दै

काठमाडौं, १० असोज– रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरीया जान आवेदन दिएकाहरुको भाषा परिक्षा आजदेखि सुरु भएको छ । गएको साउनमा आवेदन दिएका ६२ हजार नेपाली युवामध्ये ३१ हजारले आज परिक्षा दिनेछन् भने बाँकि आवेदकको परिक्षा भोली शनिबार हुने ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले बताए । भाषा परिक्षाका लागि काठमाण्डौंमा २२ वटा केन्द्र तोकिएको छ । पहिलो सिफ्टको परिक्षा १० बजेदेखि सुरु भएको थियो । तर परिक्षार्थी बिहान साढे आठ बजेनैं परिक्षा केन्द्रमा पुगिसकेका थिए । परिक्षा दिने तरिकाको बिषयमा अभिमुखिकरण हुने भएकाले बिद्यार्थीलाई डेढ घण्टा पहिले बोलाईएको बाँस्तोलाको भनाई छ । परिक्षार्थीले जानेर वा नजानेर प्राविधिक त्रुटि नगरुन् र परिक्षा दिन सहज वातावरण निर्माण गर्ने उद्देश्यले परिक्षा अघि एक घण्टाको. अभिमुखिकरण राखिएको उनले बताए । दोस्रो सिफ्टको अभिमुखिकरण दिउँसो १ बजेदेखि र परिक्षा २ बजेर ३० मिनेटमा सुरु हुन्छ । भाषा परिक्षाको अनुगमन गर्न दक्षिण कोरियाका मानव संशाधन विकासका उपाध्यक्ष चुन बोक लीको टोली तीन दिन अघि नेपाल आईपुगीसकेका छन् । लीको टोलीमा ६२ जना सदस्य रहेको ईपीएस कोरीया शाखाले जनाएको छ । कोरीयाले यसपटक आफूले लैजाने कामदारको संख्या तोकेको छैन । आज र भोली हुने परिक्षाको नतिजा प्रकाशनका समयमा त्यहाँको आबश्यकता हेरेर नेपाली कामदारको संख्या तोक्ने तयारी कोरिया सरकारले गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय