शुभकामना आदानप्रदान

काठमाडौं । जिफन्ट श्रमिक सामुदायीक क्लव १ नम्बर, शान्तिनगरले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । दशै, तिहार, नेपाल सम्बत, छठ, ल्होसार लगाएत पर्वहरुको शुभकामना आदानप्रदानका लागि आयोजित सो कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिष्णु रिमालले शुभकामना मन्तव्य सहित जिफन्ट सामुदायीक क्लबको महत्वको बारेमा प्रकाश पारेका थिए । रिमालले श्रमिक परिवारहरु बीचमा एकता बढाउन तथा रचनात्मक काम मार्फत श्रमिकहरुलाई सहयोग पुर्याउन क्लवको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा जिफन्टका तर्फबाट संविधानसभाका सदस्य चुडामणी जंगली, नेकपा एमालेकी नेतृ विद्या न्यौपाने लगायतका नेताहरुले शुभकामना दिएका थिए । सो अवशरमा क्लबका अध्यक्ष तुलसी ढकालले बार्षिक कामको सक्षिप्त बिवरण पेश गरेका थिए ।   www.gefont.org बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय