
बिरानो ठाउँमा पैसाकै लागि, बेचिएँ म आज आँशुको भेलमा रेगिस्तान् पारी, भेटिएँ म आज नजानु बाबा छोडेर फेरी, भन्दै थिइन् ति छोरी निर्दोष मनको त्यो आवाज सुन्दा, झस्किएँ म आज मुटुकै टुक्रा छाडेर आएँ, नदेखे झैं गरि भक्कनो छुट्दा यी आँशु संगै, पोखिएँ म आज बोल्छौ रे एक्लै त्यो तस्वीर हेरी, छातीमा टाँसेर धर्किँदा तिमी दुखेर यो मन, पग्लिएँ म आज खै किन यहाँ काप्दैछ मुटु, अदृष्य भयले सपना फेरी नमिठो देख्दा, तर्सिएँ म आज
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1