श्रम बजारको नयाँ चुनौतिः रोवोटले खोस्दै छ २ करोड व्यक्तिको रोजगारी

तपाई हामीले सुन्दै आएको भनेको रोजगारीका लागि व्यक्ति व्यक्ति वीचको प्रतिस्पर्धा हो, होइन त ? तर अव विस्तारै विश्व परिवेश बदलिंदै छ । रोजगारीका लागि हाल व्यक्ति व्यक्ति वीच चल्ने प्रतिस्पर्धा मान्छे र रोवोटबीच हुने देखिएको छ । यो कुरा अनुसन्धानहरुले देखाउन थालेका छन् ।

काठमाडौंमा केहि सममयअगाडी ल्याइएकी रोवोट सोफिया हुन् वा काठमाडौं स्थित होटलमा खाना ल्याईदिने रोवोट हुन्, हाल सुन्दा देख्दा रमाईलै लाग्छ । तर अव विस्तारै तिनै रोवोटहरु रोजगारीका लागि चुनौति बन्नेछन् भन्ने अहिले नै कमैले मात्र कल्पना गरेका छन् । तर अनुसन्धानकर्ताहरु भन्छन्, अवको एक दशकभित्रै तिनै रोवोटले २ करोड व्यक्तिको रोजगारी खाइदिनेछन् ।

अनुसन्धानकर्ताहरुका अनुसार रोवोटले उत्पादकत्वमा वृद्दि हुनेछ जसका कारण आर्थिक वृद्दि पनि हुनेछ तर त्यसको अँध्यारोपक्ष भनेको हाल व्यक्तिले गर्दै आएको काम रोवोटले गर्न थालेपछि त्यसले निम्त्याउने बेरोजगारीको व्यवस्थापन गर्नु चुनौतिपूर्ण हुनेछ ।
अमेरिकी सञ्चार संस्था सिएनविसीका अनुसार गत बुधवार अनुसन्धानकर्ताहरुले सन् २०३० सम्ममा २ करोड निर्माण क्षेत्रको रोजगारी रोवोटले गर्न थाल्ने निश्कर्ष प्रस्तुत गरेका छन् । अक्सफोर्ड ईकोनोमिक्सको नयाँ अध्ययन अनुसार अवको १० बर्ष भित्रमा चीनमा मात्र १ करोड १० लाख रोवोटहरुलाई काममा लगाइने सम्भावना छ ।

सो अध्ययनले रोवोटको प्रयोगमा हुने वृद्दिले उत्पादकत्वमा वृद्दि हुने र आर्थिक वृद्दिमा टेवा पुग्ने भएपनि खासगरी न्यून दक्षता भएका लाखौं व्यक्तिले गर्ने रोजगारी भनें गुम्ने निश्कर्ष निकालेको छ । यसले हाल देखिएको धनी र गरिववीचको खाडल अझ गहिरो हुने अध्ययनले देखाएको छ ।

हाल रोवोटको प्रयोग नेपालको छिमेकी मुलुक चीनमा तिव्र देखिएको छ । संसारभरी रोवोटको प्रयोगको विश्लेषण गर्दा विश्वमै हरेक दुईपछि तेश्रो रोवोट चीनमा प्रयोग हुन थालेको अध्ययनले देखाएको छ ।

अध्ययनले अवको एक दशकभित्र अमेरिकामा १५ लाख व्यक्तिले गर्ने रोजगारी रोवोटले गर्न थाल्ने देखाएको छ । यसैगरी चीनमा १ करोड १० लाख रोवोट काममा लगाइनेछन् । यसैगरी ईयूका अन्य सदस्य राष्ट्रहरुमा २० लाख व्यक्तिले रोवोटका कारण रोजगारी गुमाउनेछन् ।
रोवोटका कारण मान्छेको रोजगारी गुम्ने भएपनि यसलाई रोक्न नसकिने अध्ययनले जनाएको छ । अध्ययनकर्ताहरुले आफूहरुको उद्देश्य कानून निर्माताहरुलाई यसलाई रोक्नेगरी कानून बनाउन झक्झक्याउने भन्दा पनि यसले सिर्जना गर्ने चुनौतिको सामना कसरी गर्ने भनेर नीति बनाउन झक्झक्याउनु रहेको बताएका छन् ।

श्रम बजारको क्षेत्रमा देखापरेको यहि चुनौतिलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) ले भविष्यको काम(फ्युचर अफ वर्क) का विषयमा विश्वव्यापी रुपमा बहस चलाउँदै प्रविधिका कारण सिर्जना हुने चुनौति सामनाका लागि तयार हुन हरेक मुलुकलाई सचेत बनाउँदै आएको छ ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्री ओलीको दावीः मुलुकमा नयाँ बेरोजगार थपिएका छैनन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय