काठमाडौं- एक नेपालीलाई निर्माण सामग्री चोरेर विक्रि गरेको अभियोगमा मलेसियामा ५ महिना जेल सजाय तोकिएको छ । उनले १ हजार रिंगिट(नेरु झण्डै २६ हजार) बरावरको सामान चोरी गरेको आरोप लागेको छ । उनको नाम मंगरबहादुर नेपाली भएको समाचार मलेसियाको सरकारी संचार माध्यम बनर्माले जनाएको छ ।
४० बर्षिय ति नेपालीलाई भिषा अवधिभन्दा बढीसमय बसेको अभियोगमा थप १० हप्ता जेल सजाय तोकिएको छ । उनी गत जनवरी २७ मा पक्राउ परेका थिए । उनको सजायअवधि सोही समयदेखि गणना हुने समाचारमा जनाइएको छ ।
उनलाई जालान कुचाई लामाको एक निर्माणस्थलमा सामान चोरी गरेको अभियोग लागेको छ । सजाय सुनाइएका वखत उनी उपस्थीत नरहेको समाचारमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्
छोरीको विलापः “बुबा तपाई मलेसियाबाट नफर्किंंदा पढ्न पाइन”
