कतारबाट २८ लाखको अक्षयकोष

 

नवराज विक, दोहा- कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा २८ लाखको अक्षयकोष निर्माण गरेका छन् । 

विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु¥याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ स्वदेश तथा विदेशमा रहेका जिल्लावासी एक जुट हुँदै उक्त रकम जुटाउन सफल भएका छन् । 

अक्षयकोषमा सहयोग गर्नेलाई संस्थाले सम्मान गरेको छ । सम्मान कार्यक्रममा एनआरएनए आइसिसीका उपाध्यक्ष कुमार पन्तले गोरखावासीले प्रवासबाट अभियान चलाएर प्रवासी नेपालीलाई प्रेरणा जगाएको बताउँदै अब समृद्ध नेपाल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।  

पन्तले उक्त अक्षयकोषको वृद्धिका लागि पाँच लाख सहयोग गर्ने घोषणा समेत गरे । संस्थाका अध्यक्ष सुदर्शन भट्टले राम्रो काम गर्दा सबैको साथ र हौसला मिलेको बताए । 

यो पनि पढ्नुहोस् 

युएईमा एक नेपालीको झण्डै ८ लाख बैंकबाटै गायव 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय