काठमाडौं, बैशाख १० शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ६ पैसा र विक्रि दर २९ रुपैंयाँ २२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया २२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ १८ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ३४ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५० रुपैंया ६६ पैसा छ । बहराइन दिनारको खरिददर २८० रुपैंयाँ ६७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
