काठमाडौं, बैशाख ६- सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २० पैसा र विक्रि दर २९ रुपैंयाँ ३७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ११ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ २१ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ३७ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ५० पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
