जेल र थुनुवा केन्द्रमा घट्दै छ नेपालीको चाप 

सुदीप निउरे ,बैशाख ४ , क्वालालम्पुर 

मलेसियामा नेपाली कामदारको कुल संख्यामा गिरावट आएसंगै यहाँका जेल र थुनुवा केन्द्रहरुमा पनि नेपालीको चाप घटेको छ । गतबर्ष बैशाखमा नेपालमा आएको शक्तीशाली  भुकम्प र असारदेखि नेपाल सरकारले लागु गरेको फ्रीभिसा फ्रीटीकट देखिनै  मलेसियामा नेपाली कामदारको कुल संख्यामा गिरावट आउन सुरु भएको हो । भुकम्प आए पछि मलेसियाबाट नेपाल फर्किनेको संख्या उल्लेख्य बढ्यो भने   सरकारले लागु गरेको फ्रीभिसा फ्रीटीकट देखि मलेसिया आउने नेपालीको संख्या न्यून भएको हो ।  

नेपाली कामदारको कुल संख्यामा कमि आएपछि यहाँका जेल र थुनुवा केन्द्रहरुमा पनि नेपालीको चाप घट्न पुगेको हो । बिभिन्न कारणबाट जेल परेका र सजाय अबधि पुरागरि सकेकालाई पछिल्लो समय मलेसियास्थित नेपाली राजदुतावासले पनि धमाधम नेपाल फर्काउने काम गरीरहेको छ । 

अझै पनि करिब ३ सय जना नेपाली मलेसियाका बिभिन्न जेलमा भएको  र त्यतिनै संख्याको हाराहारीमा घरफिर्ती केन्द्रमा रहेको यहास्थित राजदुतावासको अनुमान छ । घरफिर्ती केन्द्रमा भएकाहरुलाई पनि प्रक्रिया पुर्याउदै निःशुल्क टिकटको ब्यवस्था गरि नेपाल फर्काउने काम भइरहेको राजदुतावासका प्रवत्तmा एव द्धितिय सचिव उत्तम शाहीले बताए । गतबर्ष यता मलेसियाका बिभिन्न जेलबाट उद्धार गरी ५ सय १ जनालार्इ नेपाल फकाई सकिएको राजदुतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

यस्तै , शुक्रबार (हिजो) मात्रै  १४ जनालाई  मलेसियाको नगरी सेम्बिलान अध्यागमन बिभाग लेङगेङगबाट उद्धार गरी स्वदेश फकाईएको छ । दशदिन अघि उक्त बिभाग अन्तर्गतको घरफिर्ती केन्द्र स्थलगत अनुगमन गरे लगतै उद्धारको ब्यवस्था गरिएको हो । 

बैदेशिक रोजगार प्रबर्धन बोर्डले मलेसियाका बिभिन्न जेलमा सजाय अवधि पुरा गरिसकेकाहरुलाई राजदुतावास मार्फत एकतर्फी हवाईटिकटको ब्यवस्था गर्दै आएको छ । पछिल्लो समय बोर्डको आर्थिक सहयोगबाट जेल सजाय पुरा गरी सकेकाहरुलाइ घर पठाउंदै आएपनि यसअघि बिभिन्न संघसंस्थाको आर्थीक सहयोगमा स्वदेश फर्काउने गरीएको थियो । सजाय अबधि पुरा  गरिसके पनि आर्थीक अभावमा घर फर्किनका लागि एकतर्फि हवाई टिकट काट्न नसकेकाहरुलाई बोर्डको आर्थीक सहयोग सदुपयोग गर्दै राजदुतावासले स्वदेश फकाउने गरेको छ । 

जेल र थुनुवा केन्द्रहरुमा नेपालीको चाप घटेको अनुमान गरी रहदा मलेसिया सरकारले यहाँका दर्जन भन्दा बढि थुनुवा केन्द्रहरु अबैधानिक कामदारले भरीएको बताइ रहेको छ । ति थुनुवा केन्द्रहरुमा कुन मुलुकका कति कामदार छन् भनि स्पस्ट पारीएको भने छैन । त्यहाँ नेपाली भन्दा अन्य मूलुकका कामदारहरु बढि भएको हुनसक्ने अनुमान गरीएको छ । नेपाली कामदारको कुल संख्या बिगत बर्षहरुमा १० लाख अनुमान गर्ने गरीएको थियो । पछिल्लो समय यहाँको सरकारले बैधानिक नेपाली कामदारको संख्या ४ लाख ८३ हजार ९ सय ८ भएको तथ्य सार्बजनिक गरेको छ । 

मलेसियामा आप्रवासी कामदारमाथि हुने ज्यादती नरोकीए, सुरक्षा ब्यवस्था राम्रो हुन नसके र महङ्गी अनुसार पारीश्रमिक नदीने हो भने नेपाली कामदारको संख्यामा अझै गिरावट आउने देखिन्छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय