काठमाडौ – बैदेशिक रोजगारीमा मलेसिया तथा खाडीका ६ मुलुकमा जाने कामदारका लागि यस अघि सरकारले निर्णय गरेको फ्रिभिसा, फ्रिटिकटको व्यवस्थाबाट पछि नहट्न दवाव दिंदै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सञ्जाल आवद्ध विभिन्न संससंस्थाका तर्फबाट झण्डै एकसय व्यक्ति सहभागि थिए ।
सञ्जालले काठमाडौंको भद्रकालीमा धर्ना दिएका थिए । धर्ना पश्चात सञ्जालले प्रधानमन्त्री कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय मानव अधिकार अयोगमा पुगेर ज्ञापन पत्र बुझाएको सञ्जाल आवद्ध प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का महासचिव सोमप्रसाद लामिछानेले बताए । उनका अनुसार कामदारको पक्षमा आवाज उठाउन दैनिक रुपमा दवावकारी अभियानहरु सञ्चालन गरिनेछ ।
देश परदेश डटकमले अघिल्लो सातादेखि म कामदारको पक्षमा भन्ने अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा देशविदेशबाट सयौं व्यक्तिले कामदारको पक्षमा तथा फ्रिभिसा, फ्रिटिकटको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सन्देशमुलक तस्वीरहरु पठाइरहेका छन् ।
हेर्नुुहोस् केहि तस्वीरहरु, तस्वीर सौजन्यः एलिजावेथ




