काठमाडौं – मलेसियन मुद्रा रिंगिट यो हप्ता अझ बलियो हुने अनुमान गरिएको छ । अमेरिकी डलर कमजोर हुनु यसको एउटा मुख्य कारण रहेको भन्दै मलेसियन सञ्चार संस्था बनर्मा लेख्छ यसले लामो समयदेखि कमजोर रहेको रिंगिट बलियो हुने देखिएको छ ।
अफिन ह्वाङ ईन्भेष्टमेण्ट बैंकका उपाध्यक्ष नाजिरी खान आदम खानले अहिले देखिएको रिंगिटको मूल्यवृद्धि अपेक्षा गरिएभन्दा राम्रो रहेको बताएका छन् । अमेरिकी डलरको भाउ कमजोर हुँदा रिंगिटसँगै युरो, स्वीस फ्रयाँक, येन लगायत बलियो भएको उनले बताए ।
