काठमाडौं । चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो महिना (साउन) मा ६८ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका हुन् । यसरी श्रम स्वीकृति लिनेमध्ये पुरुषको संख्या धेरै छ ।

विभागको तथ्यांक अनुसार, साउन महिनामा ५८ हजार ९४८ जना पुरुष र ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत रहेको देखाउँछ ।

साउनमा ३१ हजार ८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । उनीहरु मध्ये २९ हजार १३० पुरुष र २ हजार ७०० महिला छन् । सोही अवधीमा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जसमा २० हजार ५४७ पुरुष र ३ हजार ९७ महिला रहेका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११ हजार ७७२ रहेको छ भने सरकार–सरकार (जीटस्जी) प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय