काठमाडौं, साउन ६ – दक्षिण कोरियाबाट फर्केका नेपाली कामदाहरुले आफूहरुले स्वदेशमा नै केहि गर्न चाहेको बताएका छन् । उनीहरुले उद्यमशिलता तालिम, कृषिसम्वन्धी तालिम तथा सहुलियत ऋणको ब्यवस्था गरिदिन नेपाल सरकार समक्ष आग्रह समेत गरेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा कोरियाबाट फर्केका कामदारको प्रोफाइल तयार पार्ने क्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन । अहिलेसम्म १५ जिल्लाबाट इपिएस शाखाले कोरियाबाट फर्केका ९ सय ५० कामदारहरुको प्रोफाइल तयार पारेको छ । उनीहरुमध्ये ८० प्रतिशत भन्दा बढि ब्यक्तिहरु कुनै न कुनै आयमुलक पेशा तथा ब्यवसायमा आवद्द रहेको पाइएको छ । कोरियाबाट फर्केका कामदार कहाँ के कसरी रहेका छन् भनी गत असारदेखि उनीहरुको प्रोफाइल राख्ने कार्य शुरु गरिएको हो । उनीहरुको माग बमोजिम नै आफूहरुले विभिन्न कार्यक्रमहरु ल्याउन लागेको इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले बताए । कोरियाबाट फर्केका कामदारका लागि इपिएस शाखाले सहुलियत ऋण तथा तालिम दिने कार्यविधि तयार पारि स्विकृतका लागि मन्त्रालयमा पठाइसेकेको छ । हामीले कोरियाबाट फर्केका कामदारहरुबाट यो कार्य शुरु गरेका छौ विस्तारै अन्य देशबाट फर्कने कामदारहरुलागि पनि यस्तै कार्यक्रमहरु ल्याउने योजनामा छौ शाखाका प्रमुख बास्तोलाले भने । यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?