साउदी- साउदी अरवका राजकुमारको नेतृत्वमा रहेको अलवालिद बिन तलाल फाउण्डेसनले नेपालका भूकम्प पीडितका लागि १० लाख डलर(नेरु झण्डै १० करोड) सहयोग दिने निर्णय गरेको छ । लेवननमा दर्ता रहेको सो फाउण्डेसनले यस्तो निर्णय गरेको हो । सहयोग मेडिकल कर्प, ह्याविटाट फर ह्युम्यानिटी तथा विश्व खाद्य कार्यक्रम मार्फत दिइने अरव न्यूजले समाचार लेखेको छ । परोपकारी कार्यमा संलग्न सो फाउण्डेसनले विश्वमा विभिन्न ९० देशमा काम गरिरहेको समाचारमा जनाइएको छ । यो पनि पढ्नुहोस् भूकम्प पिडीतलाई एनआरएनले १० करोड राहत वितरण गर्ने