काठमाडौं, संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल पनि संलग्न रहेको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्री अर्याल माथि सो आरोप लगाए ।

संसद बैठकमा उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएको छ ।’ ‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्रियाइएको छ । त्यो काम श्रममन्त्रीको हो भन्ने छ । यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानविन आवश्यक छ । संसदीय समिति बनाऔँ’ साँसद यादवको भनाई थियो ।

गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन नगर्दासम्म यो विषयले कहिल्यै नछोड्ने पनि उनले बताए । उनले भने, ‘म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ,’ सांसद यादवले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय