काठमाडौं, मानव बेचबिखन मुद्दामा फरार रहेका एक प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। धादिङ नेत्रावती गाउँपालिका २ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका(१४ तिखेदेवलबाट पक्राउ गरेको हो।

एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्‍याएको उनीमाथि आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्‍याएर उनलाई बेचेको ब्युरोले जनाएको छ।
तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन्। भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले उनलाई काकडभिट्टासम्म पुर्‍याएपछि उनी घर फर्किएकी हुन्। उनले फर्केर जाहेरी दिएपनि प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: