विदेशको कमाईको सपना देख्नु अगाडी स्वदेशमा हेरौं

आर्थिक बर्ष २०७९/८० मा नेपालबाट ७ लाख भन्दा बढी व्यक्ति श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन् । तर वैदेशिक रोजगारमा जानु भनेको एउटा विकल्प मात्र हो । स्वदेशमा नै रोजगारीका विभिन्न माध्यम मार्फत कमाइ गर्न सक्ने आधार हुन सक्दछ ।
स्वदेशमा नै आम्दानी गर्नका लागि उमेर र परिपक्वताको आधारमा परिवारका काम गर्न सक्ने सदस्यहरूले आम्दानी गर्ने उपायको खोजी गरी जानेको र सकेको काम गर्नुपर्दछ । यसका लागि परिवारका सदस्यहरू मिलेर काम बाँडफाँड गरी फरकफरक काम पनि गर्न सकिन्छ ।
घरमूलीको कमाईले मात्र परिवारको खर्च धान्न सकिदैन र यसरी परिवार आर्थिक रुपमा उँभो पनि लाग्न सक्दैन । बाहिर गएर काम गर्न सकिन्न भनें घरैमा बसीबसी वा सानातिना काम गरेर पनि आम्दानी गर्न सकिन्छ । आम्दानी गर्ने उपायहरू धेरै छन् र हुन्छन् । थेरैथोरै सबैले आम्दानी गर्न सके सबैको कमाई जोडेर धेरै बनाउन सकिन्छ ।

त्यसैले वैदेशिक रोजगारीमा जाने निर्णयमा पुग्नु अगाडी स्वदेशमा कस्ता खालका कामदारहरु आम्दानीको स्रोतहरु हुन सक्छन् भनेर पहिचान गर्नु पर्दछ । परिवारका सदस्यहरूले फरक फरक काम गर्न सक्छन् वा परिवारका सबैजना मिलेर काम गरिरहेका हुन सक्छन् । त्यसबापत कमाइ हुन्छ भने त्यो काम आम्दानीको स्रोत हो । परिवारका सदस्यहरूले जे जे गरेर पैसा कमाउँछन् ती काम आम्दानीका स्रोतहरू हुन् । जस्तै भैसीको दूध बेचेर, दैनिक ज्यालामा काम गरेर, पशुपालन वा कृषिका अन्य कामहरु गरेर हुन सक्दछ ।

आम्दानी दुई प्रकारका हुन्छन्
क) नियमित आम्दानी: परिवारका सदस्यहरूले कुनै पेशा व्यवसाय गरेर दिनदिनै, हप्तैपिच्छे वा मासिक रूपमा वा निश्चित समयमा पैसा आइरहन्छ भने त्यो नियमित आम्दानी हो । तर यस्तो आम्दानी बढीमा एक महिनाभित्र पैसा आउने र कम्तिमा छ महिना भन्दा बढी समयसम्म आईरहने हुनु पर्दछ । जस्तै– जागिर, पशुपालन, वैदेशिक रोजगार, पसल सञ्चालन आदी ।

ख) कहिलेकाहिँ हुने मौसमी आम्दानी: परिवारका सदस्यहरूले मौसम वा समय अनुसार कहिलेकाहिँ काम गरेर पैसा कमाउँछन् अथवा कहिलेकाहिँ आफ्नो उत्पादन बेचेर पैसा कमाउँछन् भने त्यो मौसमी आम्दानी हो । जस्तै: अन्न बेचेर, माछा बेचेर, कहिलेकाही ज्यालामा काम गरेर आदी ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: