पवन कुमारीका श्रीमान् काम गर्न ९ महिना अगाडी कुवेत गएका थिए । उनीहरु दु:खी हुनुपर्ने कुनै कारण थिएन । उनीहरु दैनिकजसो फोनमा दुईतीन पटक कुराकानी गर्दथे । पवनकुमारीका श्रीमान् आफूले अलिक बढी कमाउन सके धेरै पैसा घर पठाउन सक्थें, छोराहरुको विद्यालयको शुल्क र ऋण तिर्न सकिन्थ्यो भन्दथे ।
जनवरी महिनाको एकदिन पवनकुमारी लुगा धुँदैथिइन् । उनका श्रीमान राजीव कुमार रायले फोन गरे र दुई छोराहरुसाग कुराकानी कुराकानी गरे । काम सकेपछि पवनकुमारीले फोन गरिन् तर उनका श्रीमानले फोन उठाएनन् ।
पवनकुमारीलाई राजीवका एकजना साथिको सन्देश आयो जहाँ उनले राजीव लेवर क्याम्पमा एक्लै बसिरहेको बताए । उनले कामबाट फर्केपछि राजीवको हालचाल बुझ्न जाने बाचा गरे । पवनकुमारी श्रीमानको हालखवर सुन्न व्यग्रतापूर्वक पर्खेर बसिन् । तर राजीवको फोन आएन । जव राजीवका साथि लेवर क्याम्प पुगे राजीवले आत्महत्या गरिसकेका थिए । राजीवकी श्रीमति पवनकुमारीले भनिन्, मैले जीवनमा के गुमाएँ भनेर शव्दमा कसरी बयान गरौं ? हामीले कमाएर खुवाउने मान्छे गुमायौं । यो हाम्रा लागि पहाड खसेजस्तै हो । सर्लाहीकी पवनकुमारीले खेपेको समस्या हो यो ।
हरेक वर्ष एकहजारको हाराहारीमा नेपाली श्रमिकको विदेशमा मृत्यु हुने गरेको छ । तिनिहरु मध्ये बहुसंख्यकको मृत्यु खाडीका मुलुकहरु र मलेसियामा हुने गरेको छ । कार्यस्थलमा हुने दुर्घटना र हृदयाघातका घटनाहरु धेरैको चासोमा परेपनि आत्महत्याका घटनाले खास चासो पाउँदैनन् । तर विदेशमा ज्यान गुमाएका नेपाली श्रमिक मध्ये झण्डै १२ प्रतिशतको मृत्युको कारण आत्महत्या रहेको छ । परिवारसाग लामो समयसम्म छुट्टीएर बस्नु परेको, ऋण, कार्यस्थल र आवास राम्रो नहुनु, एक्लै भएको अनुभव जस्ता कुराहरुले आत्महत्याको बाटोमा ति श्रमिकहरुलाई पुर्याईरहेको विज्ञहरु बताउँछन् ।
सीएमसी नेपालका मनोविज्ञ डा. पशुपती महतले वैदेशिक रोजगारमा जानु अगाडी ति श्रमिकको मानसिक अवस्थाका बारेमा परीक्षण गर्नपर्ने आवश्यक रहेको बताए । श्रम स्वीकृति दिनु अगाडी ति श्रमिकको मानसिक अवस्था ठिक छ भनेर प्रमाणीत हुनुपर्ने उनको भर्नाइ छ ।
बेलायती सञ्चार माध्यम द गार्जियनले कुराकानी गरेका आत्महत्या गरेका १८ व्यक्तिका परिवारका सदस्यहरुले आत्महत्याको खवर अकस्मात आइपुगेको बताएका थिए । उनीहरुले विदेशमा आत्महत्या गरेका आफन्तले केहि घण्टा अगाडी मात्र पनि आफूसँग कुराकानी गरेको बताएका छन् । तर त्यस्तो कुराकानीमा उनीहरुले आफ्नो मानसिक अवस्थाका बारेमा कुनै छनक नदिएको उनीहरुको भनाई छ ।
त्यसरी ज्यान गुमाएका व्यक्तिको मृत्युको विषयमा उनीहरुसँगै काम गर्ने वा आफन्तहरुले परिवारलाई जानकारी गराएका थिए । रोजगारदाताले नगण्यमात्रामा मात्र परिवारसँग सम्पर्क गरेको पाइएको छ । तर त्यसरी विदेशमा आफन्त गुमाएका व्यक्तिका परिवारहरु अचम्ममा छन् किन उनीहरुका आफन्तले त्यसरी विदेशमा आफ्नै जीवन अन्त्य गरे होलान् भनेर । उनीहरुले त्यसको उत्तर पाएका छैनन् ।
श्रीमान गुमाएकी पवनकुमारीलाई पनि आफ्ना श्रीमानले किन त्यसो गरे होलान् भन्ने थाहा छैन । तर उनलाई थाहा छ के कुरालाई आरोप लगाउने भनेर । राजीव रोजगारीका लागि कुवेत जानु अगाडी नै ऋणको बोझले थिचिएका थिए । कुवेतमा रोजगारीमा जानका लागि उनले एजेण्टलाई चर्को शुल्क तिर्नु परेको थियो ।
तर ठूलो रकम बुझाएर कुवेत पुगेका उनको रोजगारी भनें सोचेजस्तो थिएन । पहिलो महिना त काम नै पाएनन् । काम नपाएपछि तलव पनि पाइएन । काम सुरु गरेपछि पनि मासिक ८० दिनार तलव पाए । तर सम्झौतामा चाहिं १ सय दिनार तलव लेखिएको थियो । कम्पनीले कुनै थप जानकारी नदिई तलवबाट रकम कट्टा गर्दै गयो ।
यसको विरुद्धमा श्रमिकले आवाज उठाए । त्यसपछि केहि परिवर्तन त भयो तर कम्पनीको सुपरभाइजरले राजीवको आइडी फिर्ता लियो । त्यसपछि काम दिएन । पासपोर्ट कम्पनीले कुवेत आइपुग्ने वित्तिकै कव्जामा लिइसकेको थियो । राजीवले रक्सी खाएको अभियोगमा कम्पनीले कामबाट निकाल्यो । तर उनका सहकर्मीहरु उनले रक्सी नखाएको दावी गर्छन् । यदि कम्पनीले राम्रोसँग सम्झौता अनुसारको तलव र कार्यस्थल राम्रो भएको भए उनले आत्महत्या गर्ने थिएनन्, पवनकुमारी भन्छिन् ।
पवनसँग उनका श्रीमानको सम्झना र उनले छोडेर गएको ऋणको जिम्मेवारी मात्र बाँकी छ । किन उनले जीवन अन्त्य गरे होला ? पवनको मनमा प्रश्न आइरहन्छ । तर ऋणको बोझ, छोराहरु पढाउनु पर्ने जिम्मेवारीले उनी मानसिक दवावमा थिए भन्ने पवनलाई राम्रोसँग थाहा छ । तर श्रीमानले यसबारेमा आफूसँग कुनै कुराकानी नगरेकोमा उनका विस्मात छ ।
पवनले वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायतका लागि निवेदन दिएकी छन् । तर त्यहाँबाट पाइने सहायताले ऋण तिर्न र छोराहरु पढाउन पुग्ला की नपुग्ला भन्ने उनलाई थाहा छैन ।
अंग्रेजी भाषामा द गार्जियनको अनलाइनमा छापिएको समाचार नेपाली भाषि पाठकका लागि उपयोगि हुने ठानेर अनौपचारिक अनुवाद गरिएको छ । अंग्रेजी भाषामा यो समाचार पढ्न यहाँ क्लीक गर्नुहोस् ।