सरकारको पुनर्एकिकरण कार्यक्रम प्रभावकारी भएन

वैदेशिक रोजगारबाट फर्केकाहरुलाई उद्यममा संलग्न गराउने उद्धेश्यले सरकारले सृुरु गरेको पुनर्एकिकरण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नभएको वैदेशिक रोजगारबाट फर्केकाहरुले बताएका छन् । सिमति पालिकामा लागु गरिएको कार्यक्रम ति पालिकाहरुले लागु गर्न खास चासो नदेखाउँदा यो कार्यक्रमबाट स्वदेश फर्केकाहरुले लाभ प्राप्त गर्न नसकेको उनीहरुको भनाई छ ।

रिटर्नी फेडेरेशन नेपालको आगामी चैत्र ११ र १२ गते आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेडेरेशनका अध्यक्ष चन्द्र बहादुर रोकाहाले स्वदेश फर्केकाहरुलाई उद्यम गर्न ऋण दिने भनिएपनि त्यो पर्याप्त नभएको बताए । उनले अव आफ्नो संगठनले उद्यमशीलताको विकासका लागि विज्ञहरुसँग छलफल गरेर ठोस कार्यक्रम तयार पारेर अगाडी बढ्ने पनि बताए । उनले वैदेशिक रोजगार बोर्डमा रहेको कल्याणकारी कोषमा रहेको रकमको सदुपयोग भन्दा बढी दुरुपयोग भएको भन्दै वास्तविक व्यक्तिलाई उद्यमसँग जोड्दै स्वदेशमा नै रोजगारी सिर्जनामा जोड दिन आग्रह गरे ।

सो अवसरमा बोल्दै फेडेरेसनका उपमहासचिव जेपी सापकोटाले नितिगत व्यवस्थाका लागि राजनितिमा नै संलग्न हुनुपर्ने आवश्यकता बोध गर्दै आफूहरुले राजनितिक दलसँग आवद्ध भएर काम गर्न सुरु गरेको जानकारी दिए ।

महाधिवेशनले ९९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरीका विभिन्न कमिटीहरुका प्रतिनिधिहरु गरी ३ सय ७० जनाको हाराहारीमा सहभागि हुने अनुमान छ ।

पढ्नुहोस् फेडेरेसनको प्रेस विज्ञप्ती

रिटर्नी फेडेरेसन नेपालले यही चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौंको धुम्बाराहीमा सम्पन्न गर्नको लागि आवश्यक तयारी पूरा गरेको छ । पौष १६, २०७८ मा चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हाल सम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ । देशभरिका ४ सय प्रतिनिधिको उपस्थितिमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष क. केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चैत्र ११ गते उद्घाटन सत्र तथा १२ गते नेतृत्व चयन, प्रशिक्षण सहितका कार्यक्रमहरु रहेका छन् । नेकपा (एमाले) को जनसंगठनको रुपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको छ ।
नेपालको संविधान, २०७२ को धारा ५१ उपधारा (झ) (६) मा ‘वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने ।’ उल्लेख छ । त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को धारा ३९ (ङ) ले ‘विदेशबाट फर्की आएका कामदारको सीप, पूँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्र हितमा लगाउने कार्यक्रम तर्जूमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने’ व्यवस्था रहेको छ । बर्षै पिच्छे सरकारी कार्यक्रमहरुमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई सिप अनुसारको व्यवसाय संचालन र रोजगार सृजना गरी समाजमा पुन:एकीकरण गर्ने नीति उल्लेख गरिएपनि वास्तविक रिटर्नीहरुको पहुँचमा कुनै कार्यक्रमहरु पुग्न सकेका छैनन् । स्पष्ट नीति नियम छैन, भएका कार्यान्वयन हुँदैनन् । ऐन, नियमहरु बर्षौसम्म परिवर्तन वा संशोधन भएका छैनन् । वैधानिक र सरकारी प्रतिबद्धता कार्यान्वयन गर्ने बिषयमा संगठनले जोडदिदै आएको छ ।
मुलुकमा अवसर नपाएर रोजगारीको लागि विदेशिएका लाखौं नेपालीहरु गन्तव्य मुलुकमा कामको साथ साथै उच्च शिक्षा, अनुभव, तालिम र काम गर्ने जाँगर समेत बोकेर स्वदेश फर्किएका छन् । त्यहाँ आर्जन गरेका ज्ञान, पूजी, सिप र जागँरलाई उत्पादनसंग जोडेर दिगो अर्थतन्त्र विकास गर्न जरुरी छ । देशलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन,उर्जा, भौतिक पुर्वाधार, साना तथा मझौला उद्योगको विकास र विस्तारमा जोड दिन आवश्यक छ । तर देशमा पटक पटक राजनीतिक परिवर्तन हुँदा समेत आर्थिक विकासलाई राजनीतिसँग जोड्न नसक्दा विकासले सही मार्ग समातेको छैन । अर्को तिर देशमा श्रमको सम्मान नगर्ने बढ्दो परिपाटीले देशका युवा विदेशिएका छन्, प्रतिभा पलायन भएको छ । तर भित्रिएको प्रतिभा र जाँगरिलो जनशक्तिलाई परिचालन गर्ने पक्षमा राज्य निष्क्रिय प्राय छ ।
संगठन शक्ति हो । हाम्रो जस्तो मुलुकमा राजनैतिक इच्छाशक्ति बेगर लक्ष्य प्राप्ति असम्भव प्राय छ । यसर्थ रिटर्नी फेडेरेसन नेपाल राजनैतिक रुपमा नेकपा (एमाले)को राजनैतिक मार्गदर्शनमा अगाडि बढेको छ । आर्थिक र सामाजिक रुपमा सम्पूर्ण रिटर्नीहरुको साझा संस्थाको रुपमा कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । यसको लागि संगठनले उद्यमशिलता र रोजगार विभाग समेत गठन गरी कार्यक्रम अगाडि बढाएको छ ।
पुस्तौं पुस्तासम्म विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठन क्रियाशिल छ । सहकार्य अगाडि बढाएको छ । यसको लागि अधिकार सम्पन्न सरकारी संरचना स्थापनामा पहल र पैरवी गर्ने, केन्द्र प्रदेश र स्थानीय तहको योजनामा रिटर्नी लक्षित कार्यक्रमहरुमा सहभागी गराउने, स्थानीय स्तरमा रहेका रिटर्नीहरुको दक्षता बृद्धि गर्ने, समुहिक र व्यक्तिगत उद्यमहरुको विकास गरी बजारीकरण आदिमा प्रभावकारी सञ्जाल परिचालन गर्ने लक्षित योजना सहितका पक्षहरु समेत महाधिवेशनका छलफलका बिषय रहनेछन् । फेडेरेसनको नेतृत्वका लागि वर्तमान तदर्थ कमिटीका अध्यक्ष चन्द्र बहादुर रोकाह, वरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी र उपाध्यक्ष विनोद भट्टराई आकाँक्षी छन् ।
धन्यवाद सहित ।

जेपी सापकोटा
प्रमुख, केन्द्रीय प्रचार विभाग एवम् प्रवक्ता
रिटर्नी फेडेरेसन नेपाल,
चैत्र ८, २०७९

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय