ट्रेड युनियनहरु दलप्रति वफादार भए

नेपालका ट्रेड यूनियनहरु राजनितिक दलहरु प्रति आलोचनात्मक हुन नसकी बफादार मात्र हुँदा श्रमिकका समस्याहरु ओझेलमा परेको विभिन्न वक्ताहरुले औंल्याएका छन् । राजनितिक दलहरुका कुरामा यूनियनका नेताहरुको ध्यान बढी जाने गरेको भन्दै उनीहरुले श्रमिकका आवाज सम्वन्धित निकायसम्म पुर्याउन थप ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको एनटीयूसी नीति सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती रहेको बताए । उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर दुईथरी कुरा गरेर मुलुकलाई अगाडी बढाउन नसकिने उनको भनाई थियो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. अच्युत वाग्लेले श्रमिकको अधिकार प्राप्त गर्न अझै गाह्रो भएको बताएका थिए । श्रमिक स्वयमले आफ्नो अधिकारका लागि लड्दै आएको भन्दै त्यसको पछाडिको काम ट्रेड युनियनहरूले काम गर्न नसकेको बताए ।

सो अवसरमा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनहरू सामाजिक आन्दोलनसँग जोडिएको बताए । ट्रेड युनियनहरू सधैँ सरकारको स्थायी प्रतिपक्षी हुने उनको भनाई छ । ‘श्रमिक संगठनहरू भनेका त सधैँ सरकारी स्थायी प्रतिपक्षी हुनुपर्ने हो । तर, हाम्रा सँगठनहरू पार्टी र नेतालाई केही पनि भन्न नसक्ने भए । जसले गर्दा श्रमिकका हक हितमा काम गर्न सकिएन्,’ उनले भने । ट्रेड युनियन कांग्रेसले समेत श्रमिकको हक हितका लागि काम गर्न नसकेको उनको भनाई छ । ‘न हामी पार्टी निकट भएर काम गर्न सक्यौं । न त संगठनप्रति नै जवाफदेही हुन सक्यौं,’ उनले भने ।

श्रमिकहरू कांग्रेसका मतदाता भएको भन्दै ति मतदाताहरूलाई बचाई राख्नको लागि समेत श्रमिकको हितमा काम गर्नुपर्नेमा उनले जोड दिए । सन् २०३० सम्ममा कामको प्रकृतिमा थुप्रै खालको परिवर्तन आउने भन्दै श्रमिक संगठनहरू त्यही आधारमा अगाडी बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले ट्रेड युनियनहरू सुध्रिनुपर्ने देखिएको बताए । १५ औं शताब्दीदेखि नै सामाजिक मुद्दाहरू उठान गरिएको स्मरण गराउँदै अब समय सापेक्ष अगाडि बढ्नुपर्ने उनको भनाई थियो । अहिले ऋण लिएर भत्ता बाँड्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनको जोड थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: