ह्वीनको माग: आगामी वर्ष देखि न्यूनतम पारिश्रमिक २५ हजार

समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले आगामी आर्थिक वर्षदेखि न्यूनतम पारिश्रमिक २५ हजार कायम गर्न सरकारसँग माग गरेको छ । ह्वीनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो ।

अध्यक्ष आनन्द थामीको नेतृत्वमा गएका समग्रका पदाधिकारीहरुले श्रम मन्त्री अर्याललाई बुझाएको ज्ञापनपत्रमा देशमा आकर्षक रोजगारी नभएका कारण २०/२५ हजार पारिश्रमिकको लागि युवा शक्ति कामको लागि विदेश जान वाध्य भएको उल्लेख छ । तसर्थ स्वदेशको रोजगारीमा संलग्न श्रमिकहरुको विश्वास जागृत गर्दै कामका लागि विदेश जानबाट युवा शक्ति रोक्न २०८० साल साउनबाट लागू हुने नयाँ न्यूनतम पारिश्रमिक २५ हजार कायम गरी असन्तुलित एवम् आकर्षणविहिन श्रम बजारलाई आकर्षक तथा मर्यादित बनाउन ह्वीनले माग राखेको हो ।

नेपालमा हरेक दुई दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने कानूनी ब्यवस्था भएपनि मुद्रास्फिती, खाद्य सामग्री, लत्ताकपडा, औषधीउपचार, शिक्षा, यातायात, घर वहाल, सञ्चार आदिमा भएको मूल्य बृद्धिको आधारमा न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको ह्वीनको ठहर छ । यसले श्रमिकहरुको जीवन अत्यन्तै कष्टकर हुँदै आएको सरकारलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ, “आधुनिक राज्य प्रणालीमा ट्रेड यूनियनलाई राज्यको पाँचौ अङ्गको रुपमा लिने गरिन्छ । त्यसैले, श्रम र पुँजी एउटै सिक्काका दुई पाटाहरु हुन । यी दुईलाई अलग गर्न सम्भव हुँदैन। मुलुकको समग्र आर्थिक क्षेत्रलाई गतिसील बनाउने श्रममा जोडिएका यूवा शक्ति परिचालन गर्ने सशक्त माध्यम ट्रेड यूनियनहरु नै हुन । तसर्थ, राज्यले नेपाली श्रम बजारलाई मर्यादित एवम् न्यायपूर्ण बनाउन ट्रेड यूनियनसँग सहकार्य गर्नुको विकल्प छैन ।”

ह्वीन औद्योगिक श्रमिकहरुको पहिलो यूनियन हो । यो यूनियन ट्रेड यूनियन ऐन जारी भएपछि एक नंम्बरमा दर्ता भएको टे«ड यूनियन संघ हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय