वैदेशिक रोजगारमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम हुनेछ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्ने बताएका छन् । उनले मुलुक वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको रगत र पसिनाबाट चलिरहेको भन्दै उनीहरुको हक र हितका लागि वर्तमान सरकारले काम गर्ने बताए । मुलुक रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्स पठाउनेहरुका लागि सरकारले काम गर्ने उनको भनाई थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा निक्कै धेरै समस्या रहेको जसका बारेमा आफूले पनि सुनेको भन्दै त्यस्ता समस्या तर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे । वैदेशिक रोजगार व्यवसाय निक्कै संवेदनशिल रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसभित्रका बेथिति, विसंगतिलाई हटाएर व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो दोश्रो कार्यकालमा केहि महत्वपूर्ण कामहरु भएको पनि स्मरण गरे । उनले भने, “बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम त्यतिबेला गरिएका थिए र यसपटक पनि उनीहरुलाई थप सेवा सुविधा प्रदान गर्नेगरी काम हुनेछ ।”

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार ऐन, २०६४ को संशोधन लगायत व्यवसायीहरूका समस्या समाधानका लागि पनि आफू तत्पर रहेको बताए । उनले वैदेशिक रोजगारलाई उपलव्धीमूलक र व्यवस्थीत बनाउन सहकार्यको खाँचो रहेको औंल्याए ।
साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघमा यस अगाडी जस्तै नेपाली काँग्रेस निकट व्यवसायीहरु तथा नेकपा एमाले निकट व्यवसायीहरु प्यानल सहित मैदानमा उत्रिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय