‘महिलालाई घरेलु श्रममा जान रोक्नु पितृसत्तावादी चिन्तन’

महिलालाई नियन्त्रणमा राख्न खोज्ने पितृसत्तावादी सोचका कारण वैदेशिक रोजगारमा जाने महिला अझ बढी समस्या खेप्न बाध्य भएकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२ को अवसरमा काठमाडौंमा महिला पुनस्र्थापना केन्द्र (वरेक) नेपालद्धारा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले महिलालाई बस्तुको रुपमा व्यवहार गरिएको र स्वतन्त्रतापूर्वक हिंड्डुल गर्ने अधिकारमा बन्देज लगाइएका कारण बढेको धारणा राखे ।

कार्यक्रममा बोल्दै ईन्दु तुलाधरले पितृसत्ताले महिलामाथि आफ्नो नियन्त्रण कायम गर्न उनीहरुको आवागमनको स्वतन्त्रतामाथि लगाम लगाएको धारणा राखिन् । उनले महिलालाई नियन्त्रण गर्न पितृसत्ताले पहिचानलाई नियन्त्रण गर्ने भन्दै घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जान चाहने महिलालाई त्यहि मानसिकताले रोकेको तर्क गरिन् । तुलाधरले भनिन्, उ कमजोर छ भनेर चित्रण गरिएको छ तर संविधान भन्दा बाहिर गएर बनाइने कानुन र कानुन बाहिर गएर बनाइने निर्देशिकाहरु लागु हुन सक्दैन ।

कार्यक्रममा ईक्वेडेम फउण्डेसनका दक्षिण एसिया संयोजक रामेश्वर नेपालले महिलालाई वस्तुको रुपमा चित्रण गरिएको र यो गलत काम भएको तर्क गरे । उनले महिलालाई पठाउने नभई कस्तो रोजगारीका लागि कहाँ जाने भन्ने निर्णय स्वयं व्यक्तिले गर्न पाउनु पर्ने धारणा राखे ।
छलफलमा आइएलओ नेपालकी परियोजना संयोजक नेहा चौधरीले घरेलु श्रमिकका रुपमा जान चाहनेहरुका लागि खुल्ला गर्न संसदिय समितिले लगाएको सातबुँदे शर्त पुरा हुनै नसक्ने प्रकृतिको रहेको बताइन् ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविराज उप्रेति, सेस्लमकी रिसर्च कोअर्डिनेटर सदिक्षा भट्टराई, वरेकका कार्यकारी निर्देशक लुभराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सो छलफल पश्चात अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२ को समापन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले सप्ताहका रुपमा मनाइएको कार्यक्रममा संलग्न सम्पूर्णलाई धन्यवाद दिंदै आगामी वर्ष अझ व्यवस्थित रुपमा कार्यक्रम आयोजना गर्न केहि सिकाई प्राप्त भएको बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: