गाडी भाडा बढ्यो

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। बुधबारदेखि नै लागू हुनेगरी ५।१ प्रतिशतसम्म भाडा बढाएको हो। यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको हो। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालितरुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था गरेको छ।

यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भाडा बढेको हो। प्रदेश सरकारले यसैका आधारमा भाडा समायोजन गर्नेछन्।

इन्धनको बजार मुल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने व्यवस्था गरिएको छ। सरकारले यसअघि चैत २० गतेदेखि लागू हुने भाडा बढाएको थियो। तर, पछिल्लो पटक वैशाख ३१ गते पेट्रोल प्रतिलिटर १० रुपैयाँ बढेसँगै भाडा बढाइएको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय