कतारमा सुरक्षा गार्ड: बाँच्नका लागि संघर्ष

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले गत महिना गरेको मलेसिया भ्रमणका समयमा उनले त्यहाँका गृहमन्त्री हमजाह बीन जैनुदिनसँग नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक वृद्दिको प्रस्ताव राखे । बैशाख १७ गते भएको द्दिपक्षिय भेटवार्तामा मन्त्री श्रष्ठले नेपाली सुरक्षा गार्डको मासिक न्यूनतम तलव ३ हजार रिंगिट बनाउन प्रस्ताव गरेको श्रम मन्त्रालयले जनाएको छ । अन्य श्रमिकको न्यूनतम ज्याला गत मे १ देखि लागु हुनेगरी मासिक १ हजार ५ सय बनाइएको सन्दर्भमा श्रम मन्त्री श्रेष्ठले सुरक्षागार्डको न्यूनतम पारिश्रमिक त्यो भन्दा दोव्वर हुनुपर्ने प्रस्ताव गरेका थिए ।

अन्य श्रमिकको तुलनामा दैनिक बढी घण्टा काम गर्नुपर्ने, मासिक रुपमा छुट्टीको समेत ग्यारेण्टी नहुने भएका कारण सामान्यतथा सुरक्षागार्डको मासिक तलव बढी हुन्छ । तर के सवै मुलुकमा र सवै सुरक्षा गार्डले बढी तलव र अन्य सुविधा पाउँछन् त ? अवश्य नै पाउँदैनन् । गत अप्रिल महिनामा एम्नेष्टि ईन्टरनेशनलले प्रकाशित गरेको रिपोर्टले त कतारमा सुरक्षागार्डको काम र कमाईलाई बधुँवा मजदुरको अवस्थासँग तुलना गरिएको छ ।

एम्नेष्टि ईन्टरनेशनलको दे थिंक द्याट वी आर मसिन्स रिपोर्टमा भनिएको छ, कतारमा कार्यरत सुरक्षा गार्डहरु बधुँवा मजदुरकै अवस्थामा कार्यरत छन् । कतारमा विभिन्न कम्पनीहरुमा सुरक्षागार्ड पठाउने निजि ८ वटा कम्पनीमा काम गर्ने ३४ जना श्रमिकहरुसँगको कुराकानीमा सो रिपोर्ट आधारित छ । ३द्ध जना मध्ये केहि हाल पनि कतारमा कार्यरत रहेको र केहि रोजगारी पश्चात स्वदेश फर्केकाहरु रहेको एम्नेष्टिले जनाएको छ ।

सुरक्षागार्डको काम गर्ने ति सवै आप्रवासी श्रमिकहरुले आफूहरुले दैनिक १२ घण्टा र हप्ताभरी काम गर्ने गरेको बताएका थिए । कतिपयले त महिनौं मात्र नभई डेढ बर्षसम्म पनि एकदिन पनि छ्ट्टी नपाएको बताएका थिए । अधिकाँशले आफूले छुट्टी माग्दा रोजगारदाताले ईन्कार गरेको बताएको रिपोर्टमा उल्लेख छ । यद्यपी कतारको श्रम कानुनले श्रमिकलाई साप्ताहिक तलवी छुट्टी दिनुपर्ने व्यवस्था गरेको छ । केहि श्रमिकले आफूले बाध्यतावस छुट्टीमा बस्दा गैरकानुनी रुपमा आफ्नो धेरै तलव काटिएको बताएका थिए । एकजना श्रमिकले कतारमा आफ्नो पहिलो बर्ष बाँच्नका लागि संघर्ष भएको बताएका थिए ।

कतारले यहि बर्ष आयोजना हुने विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार जितेपछि सो मुलुकमा आप्रवासी श्रमिक माथि हुँदै आएको शोषणको आवाज चर्कोसाग उठ्दै आएको छ । एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) लगायतले यस्तो आवाज बलियोसँग उठाएका छन् । फलस्वरुप कतारले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधार गरेको छ । खाडी मुलुकमा नै पहिलो पटक श्रमिकको न्यूनतम ज्याला तोकेर कार्यान्वयनमा ल्याएको छ भनें श्रमिकले स्वदेश फर्किन चाहेमा सहज रुपमा स्वदेश फर्किने वा रोजगारदाता परिवर्तन गर्न सक्नेसम्मको कानुन व्यवस्था गरेको छ । तर यसका वावजूद विभिन्न क्षेत्रका श्रमिकहरु समस्यामा पर्ने गरेको समय समयमा सार्वजनिक हुँदै आएको छ । एम्नेष्टि इन्टरनेशनलेको पछिल्लोे रिपोर्टले सुरक्षागार्डको रुपमा काम गर्ने श्रमिकहरुले भोग्दै आएको समस्या सार्वजनिक गरेको हो ।

एम्नेष्टिले कफाला प्रणाली हटाउने, न्यूनतम ज्याला कार्यान्वयन गर्ने, श्रमिकको गुनासो सुनुवाई गर्ने संयन्त्र स्थापना लगायतको प्रतिवद्दता कतारले जनाएको भएपनि तिनिहरुको प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ । आफ्नो अध्ययनले धेरै कम्पनीहरुले कतारको श्रम कानुन र अन्य कानुनहरु उल्लंघन गरेको देखिएको एम्नेष्टिको दावी छ ।

अध्ययनका लागि कुराकानी गरिएका सुरक्षाश्रमिकहरुलाई आफ्नो रोजगारदाताले कतारको कानुन विपरित काम गरेको जानकारी भएपनि उनीहरु त्यसको विरुद्दमा उजुरी गर्न डराएको पाइएको एम्नेष्टिले जनाएको छ । ति श्रमिकहरुलाई आर्थिक जरिवाना गर्ने, स्वदेश फर्काइदिने तथा अन्य त्रास देखाएर जवर्जस्ती रोजगारीमा खटाइएको रिपोर्टमा उल्लेख छ । एम्नेष्टिले यसका बारेमा अनुसन्धान गर्न, सत्यतथ्य सार्वजनिक गर्न र शोषणमा परेका श्रमिकलाई न्याय दिन कतारको सरकारी निकायलाई अनुरोध पनि गरेको छ ।

‘विश्वकप फुटवल प्रतियोगितासँग सम्वन्धित क्षेत्रमा शोषण’
एम्नेष्टि ईन्टरनेशनलले अप्रिल २०२१ देखि फेब्रुअरी २०२२ सम्म ३४ जना सुरक्षाश्रमिक, सुपरभाइजर लगायतसँग कुराकानी गरेको थियो । उनीहरु निजि क्षेत्रका विभिन्न ८ वटा कम्पनीका लागि काम गर्नेहरु रहेका छन् । ति कम्पनीहरुले कतारका सरकारी निकायहरु तथा यहि बर्ष आयोजना हुन गइरहेको विश्वकप फुटवल प्रतियोगितासँग सम्वन्धित होटल, खेल सम्वन्धी स्थल, यातायात जस्ता निर्माणको काम हुने स्थानमा श्रमिक पठाउने काम गर्दछन् । यसरी अध्ययन गरिएका मध्ये कम्तीमा तीनवटा कम्पनीहरुले फिफा क्लव कप तथा फिफा अरव कपमा सुरक्षागार्डहरु पठाएको रिपोर्टमा उल्लेख छ । यस अध्ययनमा ति कम्पनीका लागि काम गर्ने श्रमिकहरु पनि शोषणमा परेको देखिनुले विश्वकप फुटवल प्रतियोगितासँग सम्वन्धित क्षेत्रमा पनि श्रमिकमाथि शोषण भएको देखिएको एम्नेष्टिको तर्क छ ।

‘उनीहरु ठान्छन् हामी यन्त्र हौ’
कतारको श्रम कानुनले अतिरिक्त समय समेत गरि एक हप्तामा बढीमा ६० घण्टासम्म कुनै श्रमिकलाई काममा लगाउन पाइने व्यवस्था गरेको छ । कानुनमा साप्ताहिक रुपमा तलवी विदा दिइनु पर्ने स्पष्ट लेखिएको छ । यो न्यूनतम मानव अधिकारको विषय पनि हो जसलाई अन्तराष्ट्रिय कानुनहरुले पनि सुरक्षित गरेका छन् ।

यसका वावजूद कुराकानी गरिएका ३४ मध्ये २९ जना श्रमिकले आफूले हरेक दिन १२ घण्टा काम गर्नुपरेको, २८ जनाले साप्ताहिक विदा पाउँदै नपाएको र हप्तामा ८४ घण्टा काम गर्न बाध्य पारिएको बताएको एम्नेष्टिको भनाई छ । केन्याबाट आएका एक श्रमिकले आफू विहान ६:३० मा कामका लागि हिंड्ने, बेलुका ८ बजे फर्किने गरेको र महिनौंसम्म एकदिन पनि छुट्टी नपाएको बताएका छन् । यसैगरी बंगलादेशका अर्का श्रमिकले त आफूले तीन बर्षसम्म एकदिन पनि छुट्टी नपाएको बताएको रिपोर्टमा उल्लेख छ । युगान्डाका अर्का एक सुरक्षा श्रमिकले त दैनिक १२ घण्टाको काम र ८ घण्टा तालिम गर्न लगाइएको भन्दै आफूहरुलाई कतारी रोजगारदाताले यन्त्र नै ठान्ने गरेको गुनासो गरेका थिए ।

छैन विश्राम
हप्तामा ६ दिन काम गरेपछि एक दिन विश्राम पाउनु कतारमा श्रमिकको कानुनी अधिकार हो । तर सुरक्षा श्रमिकले साप्ताहिक विदाका लागि पनि रोजगारदाताको अनुमति प्राप्त गर्नु पर्दछ । कसैले अनुमति विना साप्ताहिक विदा बसेमा उनीहरुलाई जरिवाना तिराइन्छ, तलव कट्टा हुन्छ । यस्तो अवस्थालाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले बाध्यकारी श्रम भन्दछ । युगान्डाबाट आएका एक सुरक्षा श्रमिकले भनेका छन्, हामीसँग धेरै सुरक्षा गार्ड छैनन्, त्यसैले तिमिले काम गर्नै पर्दछ । हामीसँग कुनै उपाय थिएन । सुपरभाइजरले काममा जा भनेपछि जानै पर्दछ अथवा तलव काटिन्छ । अर्का एक सुरक्षा श्रमिकले त पूर्व अनुमति नलिई विदामा बसेमा २ सय रियाल (५ दिनको तलव बरावर) सम्म तलवबाट काटिन्थ्यो ।

कतिपय श्रमिकहरु भारी मात्रामा रकम तिरेर सुरक्षागार्डको रोजगारीका लागि कतार पुग्ने गर्दछन् । उनीहरुले कतारमा पुगेपछि आफूलाई भिनए भन्दा गाह्रो काम र खराव आवास स्थल प्राप्त गर्दछन । तर त्यसका बारेमा त्रासका कारण उनीहरुले कुनै निकायमा उजुरी गर्ने हिम्मत जुटाउन सक्दैनन् । केन्याका एक श्रमिकले भनेको कुरा उधृत गर्दै रिपोर्टमा लेखिएको छ, कामको बीचमा खाना खान एकघण्टा छुट्टी हुन्छ भनिएको थियो तर कतारमा पुगेपछि त्यो पाइन । शुक्रवार साप्ताहिक विदा दिइन्छ भनिएको थियो त्यो पनि दिइएन । तर यसका बारेका कतै उजुरी गर्न पाइन्न । उजुरी गरेमा कामबाट निकालिन्छ र स्वदेश फकाईन्छ ।

यस अध्ययनका दौरान एम्नेष्टि ईन्टरनेशनलले ८ वटा मध्ये चारवटा कम्पनीले अतिरिक्त काम गराएवापतको सेवा सुविधा कानुनले तोक अनुसार नदिएको पाएको छ । कतिपय कम्पनीहरुले मासिक ८ दिन वरावरको रकम श्रमिकबाट ठगि गरेको पाइएको जनाइएको छ ।

विरामी हुँदा पनि काम, अन्यथा जरिवाना
कतारको कानुनले विरामी परेमा तलवी विदा दिनुपर्ने व्यवस्था गरेको छ । युगान्डाबाट आएका एक सुरक्षा श्रमिकले आफूले १८ महिनासम्म कुनै दिन पनि विदा नपाई काम गर्नुपरेको बताएका छन् । सुपरभाइजरले कम्पनीमा धेरै श्रमिक नभएका कारण विदा दिन नसकिने बताएका थिए । उनले एकदिन विरामी विदा बसेमा दुई दिनको तलव कट्टा हुने बताएको रिपोर्टमा उल्लेख छ । उनले कानुनमा स्पष्ट उल्लेख भएको आफूले थाहा पाएको भएपनि विदामा बस्न नसकेको बताएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय