कतारस्थित मर्करी मेना कम्पनिमा काम गरी आफ्नो बक्यौता रकम लिन बांकि रहेका २३ जनालाई कतार सरकारले सम्पर्कमा आइ आफ्नो रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परीचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने काठमाडौंस्थित कतारी दूतावासले जनाएको छ ।
यस बर्ष रकम आएका २१ जना र गत बर्ष रकम बझ्न बाँकी रहेका दुईजना गरी २३ जनालाई विभाग वा दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । गत वर्ष आएको रकम दिपेन्द्र सार्की तथा ध्रुव श्रीपाइलीले बुझ्न बाँकी रहेको काठमाडौंस्थित कतारी दूतावासले जनाएको हो । कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले गत बर्ष बक्यौता रकम पाएका थिए । उनीहरुले सो रकम तीन बर्षपछि पाएका हुन् ।
सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीले ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्काएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयास पछि तलब दिलाएको हो । बक्यौता रकम पाउन बाँकी रकम यस बर्ष आएको र उनीहरुलाई रकम लिन सुचित गरिएको हो ।
रकम आएकाहरुको विवरण यसप्रकार छ
No | Name | Qatar ID Number |
1. | Govinda Mochi | 2785230332 |
2. | Santosh Kumar Sharma | 29652413221 |
3 | Sanjay Chaudhary | 28452412872 |
4 | Sakil Ahamad Musalman | 29552424524 |
5 | Sabin Karki | 29252431707 |
6 | Ranjit Kumar Khang | 29252432143 |
7 | Rameshwor Mandal | 27552423856 |
8 | Ramakant Khang | 29352435412 |
9 | Ram Krishna Niraula | 29352434453 |
10 | Niranjan Pasman | 29452427853 |
11 | Gyan Chand Kurmi | 28252440906 |
12 | Brahmdev Khang Khtwe | 28252440906 |
13 | Birendra Hajara | 27052417495 |
14 | Baijnath Chaudhary | 28752446371 |
15 | Ajaya Bahdur Shrestha | 296552407089 |
16 | Vinod Kumar Bhar | 28952439525 |
17 | Tej Narayan Ray Amat | 27152404769 |
18 | Surendra Bohora | 29452425628 |
19 | Sikandar Mukhiya | 18952442389 |
20 | Selendra Maharan | 28152418423 |
21 | Ram Udagar Ram | 29452427739 |
गत बर्ष रकम आएर बुझ्न नआएकाहरु:
22 | Dipendra Sarki | 28852448832 |
23 | Dhruba Sripali |
मर्करी मिना नामको कतारको इन्जिनियरीङ्ग कम्पनीले ३४ नेपाली लगायत अरू आप्रवासी श्रमिकहरूलाई तलब र रोजगारी बापत दिनुपर्ने अन्य सुविधा बापतको हजारौं डलर भुक्तानी नगरी उनीहरूलाई कतारमा अलपत्र र बेखर्ची अवस्थामा पुर्याएको भन्दै उनीहरुलाई क्षतिपूर्ति दिन र शोषणजन्य प्रणालीमा सुधारका लागि एम्नेस्टी इन्टरनेसनलले आव्हान गरेको थियो ।
एम्नेस्टी नेपालले सो घटनाका विषयमा प्रकाशित गरेको सामग्री यस्तो थियो:
सन् २०१७ को अन्त्यमा कम्तिमा चौँतीस जना पुरुष नेपाली आप्रवासी श्रमिकहरु कतारबाट खाली हात, निराशा र ऋणको ठूलो भारीकासाथ नेपाल फर्किए । मध्यपूर्व र उत्तर अफ्रिकाभर यान्त्रिक (मेकानिकल), इञ्जिनियरिङ्ग र प्लम्बिङ्ग क्षेत्रमा कार्य गर्ने अग्रणी कम्पनी मर्करी मिना (Mercury MENA) मा कार्यरत गर्ने उनीहरुले सन् २०२२ को फिफा विश्वकपका लागि तयार गरिन लागेको भौतिक संरचना निर्माण परियोजनामा तलव वा आवश्यक कानुनी कागजात बिना नै महिँनौसम्म काम गर्नु परेको थियो ।