ज्याला ठगियो तर उजुरी कम

कोभिड-१९ महामारीको समयमा ठूलो मात्रामा आप्रवासी श्रमिकको ज्याला ठगि भएपनि न्यून व्यक्तिले मात्र सम्वन्धित निकायमा उजुरी गरेको पाइएको छ । सो समयावधिमा स्वदेश फर्किएका नेपाली तथा बंगलादेशी श्रमिकहरुसँग लिइएको तथ्याँकमा आधारित अध्ययनको निश्कर्षले यस्तो देखाएको हो । नेपाली श्रमिकका विषयमा सेस्लमले अध्ययन गरेको थियो भनें बंगलादेशका श्रमिकका विषयमा रामरुले अध्यनन गरेको हो ।

कोभिड-१९ को महामारी सुरु भएपछि नेपाल फर्केका १ सय ४२ जना प्रतिनिधिमूलक श्रमिकसँग लिइएको तथ्याँक अनुसार फर्केका मध्ये ३७ दशमलव ६ प्रतिशतले आफूले विदेश स्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए । स्वदेश फर्केका मध्ये २० दशमलव ४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, पालिका वा प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर उनीहरुको उजुरी उपर के कस्तो सुनुवाई भयो भन्ने विषय भनें स्पष्ट हुन सकेको छैन ।

अध्ययनमा संलग्न स्वदेश फर्केका श्रमिक मध्ये सवैभन्दा धेरै २१ दशमलव ५ प्रतिशतले आफूले तलव नपाएको बताएका थिए । यसैलेगरी ८ दशमलव ६ प्रतिशतले आफूलाई जवर्जस्ती कामबाट निकालिएको, ११ दशमलव ८ प्रतिशतले तलव घटाइएको तथा पेन्सन सुविधा वापत प्राप्त हुनुपर्ने रकममा कटौति गरिएको बताएका थिए ।

यसैगरी बंगलादेशमा १ हजार १ सय ६० प्रतिनिधिमूलक श्रमिकसँग लिइएको तथ्याँक अनुसार स्वदेश फर्केका मध्ये ९२ प्रतिशतले आफूले कहिं उजुरी नगरेको बताएका थिए । त्यसमध्ये ३५ प्रतिशतले आफूलाई कहाँ उजुरी गर्न सकिन्छ भन्ने जानकारी नभएको, २० प्रतिशतले आफूले न्याय पाउँछु भन्ने विश्वास नभएको तथा २४ प्रतिशतले रोजगारदाताको डरका कारण उजुरी दर्ता गर्न नसकेको बताएका थिए । बाँकीले आफूलाई कालोसूचिमा राख्ने र पुन: सो मुलुक जान नपाउने तथा आफू पूर्ण रुपमा रोजगारदातामा निर्भर रहेका कारण कानुनी उपचारका बारेमा सोच्न नसकेको बताएका थिए ।

स्वदेश फर्केका एकजना श्रमिकले आफूले पाउनु पर्ने सरदर २ हजार १ सय १९ अमेरिकी डलर बराबरको ज्याला तथा अन्य सुविधा नपाएको देखिएको छ । सवैभन्दा कम ३५ डलर तथा सवैभन्दा बढी ७ हजार ६३ डलर बरावरको रकम आफ्नो ठगि भएको उनीहरुले जानकारी दिएका थिए ।

स्वदेश फर्केका मध्ये ४८ दशमलव ६ प्रतिशतले रोजगारी गुमेका कारण स्वदेश फर्किन बाध्य भएको बताएका थिए । यसैगरी फर्केकाहरु मध्ये ३८ दशमलव ७ प्रतिशतको तलव घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमेको बताएका थिए ।

अध्ययनमा संलग्न संस्थाहरु सेस्लम तथा रामरुले यस्तो महामारीको समयमा आप्रवासी श्रमिकहरुको अधिकार धेरै हनन हुने देखिएको भन्दै उनीहरुको अधिकार रक्षाका लागि थप प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । रोजगार करार सम्झौता अकस्मात अन्त्य हुने अवस्था आएमा सो अवस्थामा श्रमिकले पाउनु पर्ने सुविधाका विषयमा श्रमिक पठाउने देश र श्रमिक जाने देश दुवैले विशेष व्यवस्था गर्नुपर्ने खाँचो औंल्याए । श्रमिकलाई स्वदेश फर्काउनु अगाडी उनीहरुले प्राप्त गर्न बाँकी सम्पूर्ण रकम भुक्तानी गरेर मात्र स्वदेश फर्काइनु पर्ने ति संस्थाले सुझाव दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: