‘कानुन ठूलो बाधक छैन आइएलओ अभिसन्धि १९० पारित गर्न’

आइएलओ अभिसन्धि १९० पारित गर्न नेपालका विद्यमान कानुनमा धेरै सुधार गर्नुपर्ने अवस्था नरहेको भन्दै यस तर्फ अगाडी बढ्न नेपालका ट्रेड यूनियनहरुले सरकारसँग आग्रह गरेका छन । नेपालले पछिल्ला केहि बर्षयता कानुनमा महत्वपूर्ण सुधार गरिसकेको र बाँकी विषय सुधारका लागि धेरै समस्या नहुने उनीहरुको भनाई थियो ।

पव्लिक सर्भिसेज ईन्टरनेशनल (पिएसआई) ले काठमाडौंमा आयोजना गरेको यूनियनका नेतृत्वलाई तालिमका अवशरमा बोल्दै युनी एप्रोका तिलक जंग खड्काले आफ्नो संस्थाले आइएलओ अभिसन्धि १९० पारित गर्न मुख्यगरी अभियानहरु सञ्चालन गरिरहेको बताए । उनले यसका बारेमा निरन्तर रुपमा जनचेतना जगाउने, श्रमिकहरुलाई गोलवन्द गर्दै सरकारसँग लविङ गर्न नसकेमा सो अभिसन्धि पारित गराउन नसकिने भएका कारणले अभियानको खाँचो औंल्याए । उनले आफ्नो संस्थाले यूनियनहरु तथा अन्य निकायहरुको नेटवर्क निर्माण गर्न मद्दत गर्दै आएको, हिंसा विरुद्दको १६ दिने अभियान र ८ मार्चका आवशरमा विशेष कार्यक्रमहरु आयोजना गरिंदै आएको पनि स्पष्ट पारे ।

कार्यक्रममा युनि एनएलसीकी बन्दना शर्माले अभियानहरु सञ्चालनका लागि आधार तयार पार्न अध्ययनहरु गर्ने, जनचेतनामूलक कार्यहरु गर्ने र सरकार र अन्य यूनियनहरुबीच सम्वाद गर्दै आएको बताएन् । केहि बर्षको प्रयासको नतिजा स्वरुप केहि बैंकहरु, केहि ठूला कम्पनीहरुमा दुरुत्साहन तथा हिंसा विरुद्दको विषय हेर्ने कमिटीहरु बनाइएको र यसले सकारात्मक सन्देश दिने उनको भनाई थियो ।

नेपाल ट्रेड यूनियन महासंघकी उपाध्यक्ष मञ्जु थापामगरले हिंसालाई घरबाटै निर्मुल पार्नुपर्दछ भनेर जिफन्टले १३ बर्ष अगाडी नै आचारसंहिता बनाएको स्मरण गरिन् । उनले सुरुमा हिंसा केवल महिलामाथि मात्र हुन्छ भन्ने सोच रहेको भन्दै समयक्रमसँगै सो सोचाईमा फेरवदल भएको, हिंसा तथा दुरुत्साहनमा जोसुकै पर्न सक्ने भन्दै आचारसंहितामा जिफन्टले परिमार्जन गरेको बताइन् ।

उपाध्यक्ष थापामगरले श्रमिक, रोजगारदाता र सरकार तीनवटै पक्षलाई आइएलओ अभिसन्धि १९० को महत्वका बारेमा बुझाउने काम आफ्नो यूनियनले गरिरहेको बताइन् । जनचेतना जगाउने र लविङ गर्ने काम आफ्नो महासंघले निरन्तर रुपमा गरिरहेको उनको भनाई थियो । उनले जवसम्म नेपालले आइएलओ अभिसन्धि १९० पारित गर्दैन तवसम्म निरन्तर आवाज उठाइरहन आवश्यक रहेको धारणा राखिन् ।

सो अवशरमा बोल्दै नेपाल ट्रेड यूनियन कंग्रेस (एनटीयूसी) की नेतृ राधिका कुईंकेल खनालले हिंसा भन्ने वित्तिकै महिला माथि हुने हिंसा मात्र बुझ्ने गरिएको तर सो बुझाई गलत भएको कारणा राखिन् । उनले कार्यस्थल अनुसार हिंसाको प्रकृति फरक हुने भन्दै औपचारिक क्षेत्र र अनौपचारिक क्षेत्रमा पनि हिंसाको प्रकृति फरक रहेको धारणा राखिन् । अझै पनि यूनियनहरुले श्रमिकलाई हिंसाको बारेमा राम्रोसँग बुझाउन र हिंसाको पहिचान गर्ने बनाउन थप मेहनत गर्नुपर्ने भन्दै उनले आफ्नो यूनियनले महिला कमिटीहरु बनाएर जिल्ला तहसम्म व्यापक रुपमा कार्यक्रमहरु गर्दै आएको बताएन् ।

हिंसा विरुद्दको १६ दिने अभियान र ८ मार्चको अवशरमा विशेष कार्यक्रमहरु आयोजना गर्दै आएको स्मरण गर्दै उनले संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र र अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ, नेपाल आवद्द परिषद मार्फत पनि आइएलओ अभिसन्धि १९० का बारेमा जनचेतना जगाउने कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी गराइन् । कानुनविद्हरु, आफ्नो आस्था रहेको राजनीतिक दलहरुमा पनि यसका बारेमा समय समयमा छलफल चलाईंदै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै ईन्डष्ट्री अलका प्रतिनिधि हिमालय खरेलले आफ्नो संस्थाले सन् २०१९ देखि यो विषयमा निरन्तर रुपमा काम गर्दै आएको बताए । कोभिडका कारण पछिल्ला बर्षहरुमा अपेक्षाकृत धेरै काम गर्न नसकेपनि ईन्डष्ट्री अलका हरेक कार्यक्रमहरुमा उत्पीडन र हिंसाका घटना तथा व्यवहार अमान्य हुन् भन्ने विषयलाई नछुटाई उठाउने गरिएको बताए । उनले समस्या परेमा उजुरी गर्ने संयन्त्रहरु यूनियनहरुमा तथा कार्यस्थलमा हुने पर्ने कुरामा आफ्नो संस्थाले जोड दिंदै आएको धारणा राखे ।

कार्यक्रममा विडव्लु आई, नेपाल आवद्द परिषदको प्रतिनिधित्व गर्दै क्यूपेक नेपालकी अध्यक्ष शान्ता बस्नेतले आफ्नो संस्थाले यस विषयमा साँसदहरुसँग पनि छलफल आयोजना गरेको स्मरण गरिने । उनले अझै पनि तल्लो तहमा रहेर काम गर्ने श्रमिकले आइएलओ अभिसन्धि १९० तथा हिंसा र दुरुत्साहनका विषयमा धेरै कुरा जानकारी नपाएको भन्दै जनचेतनामूलक कार्यक्रमहरुको निरन्तरतामा जोड दिइन् । विडव्लु आई, नेपाल आवद्द परिषदले पनि महिला कमिटी बनाएर काम गर्दै आएको बस्नेतको भनाई थियो ।

सो कार्यक्रममा पिएसआईका दक्षिण एसिया सचिव रमन कनान, पिएसआई दक्षिण एसियाका अभियान संयोजक गोडसेन मोहनदास, आइएलओ गभर्निङ बडी सदस्य तथा एनटीयूसीकी उपाध्यक्ष आशा सिंह राठौर लगायतले तालिम दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: