महिला बहुल कार्यक्षेत्रमा अझ धेरै काम गर्न आवश्यक

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवशर पारेर पिएसआई, एशिया प्रशान्त क्षेत्रले एक संवाद कार्यक्रम आयोजना गर्यो । भर्चुअल माध्यम मार्फत आयोजित सो कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको अधिकार, उनीहरुको संघर्ष लगायतका विषयमा अनुभव आदानप्रदान तथा गर्नु पर्ने कामहरुका विषयका छलफल भयो ।

कार्यक्रममा नेपालबाट स्वास्थ्य स्वयंसेविकाहरुको दुईवटा यूनियनहरुका प्रतिनिधिहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । सो कार्यक्रममा हिभोनकी अध्यक्ष रीता भुजेलले नेपालमा दुईवटा यूनियनहरु मिलेर अगाडी बढ्दा केहि उपलव्धीहरु हासिल भएको बताइन् । उनले जलवायू परिवर्तनका कारण काम गर्न अप्ठ्यारो परेको, कोभिड १९ को कारणले समस्या पारेको उनको भनाई थियो । स्थानीय सरकारले गर्नुपर्ने कामका बारेमा बताउँदै उनले आफूहरुले स्वास्थ्य स्वयंसेविकाहरुको अधिकारको आवाज उठाउँदा त्यसको सुनुवाई हुन नसकिरहेको धारणा राखिन् ।

स्वास्थ्य स्वयंसेविकाहरुको अर्को यूनियन नेभाकी अध्यक्ष गितादेखि थिङ, पौडेलले आफ्नो यूनियनले स्वास्थ्य सेविकहरुको अधिकारका लागि आवाज उठाइरहेको, सामुहिक प्रयासकै कारण केहि उपलव्धीहरु हासिल भएको बताइन् । उनले कठिनाईका बीचमा पनि स्वास्थ्य स्वयंसेविकाहरु एक भएर, निष्ठापूर्वक सेवाको भावका साथ काम गरिरहेको, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपले समस्या पारिरहेका कारण सुरक्षाको चासो रहेको भन्दै सरकारले यसमा ध्यान दिनु आवश्यक रहेको बताइन् । नेपालका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्यकर्मी सरहको व्यवहार सरकारले गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा पाकिस्तानकी सामुदायिक स्वास्थ्य कार्यकर्ता हलिमा जुल्कोमेनले पनि आफ्नो अनुभव राखेकी थिइन् ।

कार्यक्रममा अन्य वक्ताहरुले विविध विषयमा आफ्नो धारणा राखेका थिए भनें अन्य मुलुकहरुको अनुभव प्रस्तुत गरेका थिए । क्यारेन भाटले स्वागत गरेको सो कार्यक्रममा न्यूजिल्याण्डका जोर्जिना केर तथा लेज्ली डिक्सनले न्यूजिल्याण्डका आदिवासी महिलले अधिकारका लागि गरेको संघर्षका बारेमा जानकारी गराए ।

यसैगरी स्वास्थ्य कार्यकर्ताहरुले गरेको संघर्षका विषयमा केपीटीयू, दक्षिण कोरियाकी ली ह्याङ्चुनले जानकारी गराइन् । कार्यक्रममा पिएसआई एशिया प्रशान्त क्षेत्रकी क्षेत्रीय सचिव केट लापिनले ट्रेड यूनियनहरुलाई अझ बलियो बनाउन सदस्य संख्यामा विस्तार गर्नुपर्ने, ज्याला र लैङ्गिक विभेदको समाधान हुनुपर्ने, स्वास्थ्य तथा सार्वजनिक सेवा सबैको पहुँच र नि:शुल्क हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका वक्ताहरुले हालको आर्थिक प्रणाली पितृसत्तात्मक रहेको तथा नवउदार विश्वव्यापिकरणले जलवायु परिवर्तनलाई प्रेरित गरिरहेको धारणा राखेका थिए । महिला श्रमिकको बाहुल्यता रहेको श्रमको क्षेत्र विशेषगरि स्वास्थ्य र सामाजिक सेवामा लैङ्गिक विभाजनलाई पुन: सोच्न, मर्यादित कामको प्रवद्र्धन र हेरचाहसंग सम्बन्धित कामलाई अवमूल्यन गरेकोमा वक्ताहरुको जोड थियो । यो कार्यक्रमले यूनियनहरुको वकालत मार्फत समाजलाई समतामूलक रुपान्तरण गर्ने अवसर प्रदान गर्ने उनीहरुको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: