२१ लाख भन्दा बढी नेपाली विदेशमा, सवैभन्दा धेरै काठमाडौंबाट र सवैभन्दा कम मनाङबाट

नेपालको जनगणना २०७८ ले हाल २१ लाख भन्दा बढी नेपाली मुलुक बाहिर रहेको देखाएको छ । बुधवार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनाको प्रारम्भीक तथ्याँकले २१ लाख ६९ हजार ४ सय ७८ नेपाली जनगणनाको समयमा मुलुक बाहिर रहेको देखाएको हो ।
सो जनसंख्या अक्सर विदेशमा बसोबास गरेको र त्यसमध्ये ८१ दशमलव २८ प्रतिशत पुरुष र २० दशमलव ७२ प्रतिशत महिला रहेको जनाइएको छ । १० बर्ष अगाडीको जनगणनामा विदेशमा बस्नेहरुको संख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो ।

जनगणनाको तथ्याङ्क अनुसार विदेशमा बस्ने महिलाको संख्या पनि गएको १० बर्षभित्रमा बढेको देखिएको छ । २०६८ को जनगणनामा कुल अनुपस्थित मध्ये १२ दशमलव ३६ प्रतिशत महिलाको संख्या थियो भनें हाल सो संख्या बढेर २० प्रतिशत नाघेको हो ।

भौगोलिक रुपमा सवैभन्दा धेरै तराईबाट विदेशमा रहेको देखिएको छ । तराईबाट १० लाख ६५ हजार ९ सय ६९ नेपाली विदेशमा छन् । यसैगरी पहाडबाट ९ लाख ८४ हजार ८ सय ९६ तथा हिमालबाट १ लाख १८ हजार ६ सय १३ जना विदेशमा रहेको देखिएको छ ।

प्रदेशगत रुपमा सवैभन्दा धेरै लुम्विनी प्रदेशबाट विदेशमा रहेका छन् । कुल विदेशमा रहेका मध्ये १९ दशमलव १६ प्रतिशत सोही प्रदेशबाट रहेका छन् । सो प्रदेशबाट ४ लाख १५ हजार ५ सय ८८, बागमतिबाट ३ लाख ९० हजार ७ सय ४१ तथा सुदुरपश्चिमबाट ३ लाख ४६ हजार ८ सय ३६ नेपाली विदेशमा छन् ।

यसैगरी प्रदेश १ बाट ३ लाख ३७ हजार ९ सय ५, मधेश प्रदेशबाट २ लाख ९५ हजार ९ सय २३, गण्डकीबाट २ लाख ८७ हजार ४ सय ५० र कर्णालीबाट सवैभन्दा कम ९५ हजार ३५ नेपाली मुलुक बाहिर रहेको देखिएको छ । कुल विदेशमा रहेका मध्ये कर्णालीका बासिन्दाको प्रतिशत ४ दशमलव ३८ रहेको छ ।

जिल्लागत रुपमा मुलुकका ७७ वटै जिल्लाबाट विदेश गएको देखिएको छ । सवैभन्दा धेरै काठमाडौै, कैलाली, झापा, रपन्देही र मोरङबाट विदेश गएको देखिएको छ । सवैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ बाट विदेशमा रहेको जनगणनाको प्रारम्भिक तथ्याँकले देखाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: