साउदीमा घट्दैछन् विदेशी श्रमिक

साउदी अरबमा यस बर्ष ५ लाख ७१ हजार भन्दा बढी विदेशी श्रमिकको संख्या घटेको छ । साउदी अरबको सरकारी निकाय गोसीले सार्वजनिक गरेको तथ्याङ्कले सन् २०२० जुन महिना देखि २०२१ को जुृन भित्रमा ५ लाख ७१ हजार ३ सय ३३ विदेशी श्रमिकको संख्या कटौति भएको देखाएको छ ।

साउदी अरबको सञ्चार माध्यम साउदी गजेटका अनुसार साउदी अरबमा एक बर्षभित्र घटेको सो संख्या कुल श्रमशक्तिको ८ प्रतिशत भन्दा बढी हो । यस अगाडी साउदी अरबमा ६७ लाख ६ हजार विदेशी श्रमिक रहेकोमा सन् २०२१ को जुन महिनामा त्यो घटेर ६१ लख ३५ हजारमा आइपुगेको छ ।

साउदी अरबले पछिल्ला केहि बर्षयता विदेशी श्रमिक माथिको निर्भरता हटाउने निति लिएको छ । कतिपय क्षेत्रको काममा विदेशीलाई लगाउन नपाइने व्यवस्था गरिएको छ भनें केहि क्षेत्रको कामा सिमित संख्यामा मात्र विदेशी श्रमिक राख्न पाइने व्यवस्था छ । केहि मलहरुमा सिमित काममा बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास कार्यान्वयनमा ल्याएको हो ।

साउदी अरबका केहि सपिंग मलहरुमा यो अभ्यास झण्डै एक महिना अगाडी देखि नै सुरु भएको देशपरदेश डटकममा समाचार प्रकाशित भएको थियो । पछिल्ला केहि बर्षयता साउदी अरेवियाले साउदीकरण अभियान अगाडी बढाइरहेको छ । यसले मुलुकमा उपलव्ध रोजगारीमा साउदी नागरिकहरुलाई नै आवद्द गर्ने लक्ष्य राखेको छ । यसले विदेशी श्रमिकमा रहेको निर्भरतालाई घटाउने अपेक्षा साउदी सरकारले राखेको छ ।

गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरुमा सिमित काम बाहेक अन्य काममा शत प्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम कार्यान्वयनमा आएको हो । यसले साउदी नागरिकहरुका लागि थप ५१ हजार रोजगारी उपलव्ध हुने जनाइएको छ । क्याफे तथा रेष्टुराँहरुमा भनें ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाईपर मार्केट तथा सुपरमार्केटहरुमा पनि यस्तै व्यवस्था रहेको समाचारमा जनाइएको छ ।

सफाई कार्य, सामान ओसारपसार गर्ने, मर्मतसम्हारको कार्य तथा हजामको काममा भनें साउदीकरण गरिएको छैन । ति काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरु स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियम अनुसार सपिंग मलहरुमा कार्यरत कुल श्रमिक मध्ये २० प्रतिशत भन्दा बढी विदेशी हुन पाउने छैनन् । उनीहरुका लागि छुट्टै पहिरनको व्यवस्था हुनु पर्नेछ ।

चार महिना अगाडी नै गरिएको मन्त्रीस्तरिय निर्णय गत अगष्ट ४ तारिखदेखि कार्यान्वयनमा आएको जनाइएको छ । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सो समयावधि उपलव्ध गराएको थियो । कुनै रोजगारदाताले अव उपरान्त सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिवाना तथा सजाय हुने चेतावनी दिइएको छ । साउदी अरबले एकाउण्टेट, कार्यालयका प्रशासनिक काम लगायतमा यस अगाडी देखि नै साउदी नागरिकलाई प्राथमिकता दिनुपर्ने नीति लिएको छ । (तस्वीर प्रतिकात्मक)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: