युएईका उपप्रधानमन्त्री सहित मन्त्रीहरुले लगाए कोरोना भाइरस विरुद्धको चिनियाँ खोप

संयुक्त अरव ईमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । उनले सोमवार ट्वीटरमा फोटो पोष्ट गर्दै आफूले भ्याक्सिन लगाएको बताएका हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् ।

यसैगरी परराष्ट्रमन्त्री शेख अव्दुल्लाह बीन जायादले पनि गत साता खोप लगाएका छन् । उनले पनि खोप लगाउँदै गरेको तस्वीर ट्वीटरमा पोष्ट गर्दै कोरोना भाइरसलाई पराजीत गर्दै सामान्य जीवनमा फर्किने क्रममा रहेको बताएका थिए ।

यसैगरी यूएईका संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायाद लगायतका युएईका उच्च पदस्थ व्यक्तिले खोप लगाएका छन् ।

गत महिना युएईले कोभिड १९ विरुद्धको खोप अत्यावश्यक सेवामा रहेकाहरुलाई खोप दिने अनुमति दिएको थियो । सो खा्प चीनको सिनोफार्मले तयार पारेको हो र विश्वका विभिन्न मुलुकका स्वयंसेवीहरुमा तेश्रो चरणको परीक्षण चलिरहेको छ ।

युएईको अवुधावीमा यसअगाडी नै कोभिड १९ महामारी विरुद्ध अग्रमोर्चा (फ्रन्टलाइन) मा कार्यरतहरुलाई कोभिड १९ विरुद्धको भ्याक्सिन दिन थालि सकिएको छ । चीनद्धारा निर्मित सो भ्याक्सिन तेश्रो चरणको परीक्षणमा निक्कै प्रभावकारी देखिएको भन्दै युएईको सरकारले गत सेप्टेम्वर १५ मा नै कोभिड १९ को महामारी विरुद्ध अग्रमोर्चामा कार्यरतहरुलाई भ्याक्सिन दिने अनुमति दिएको थियो ।

युएईमा दुई महिना अगाडी देखि नै सो भ्याक्सिनको तेश्रो चरणको परीक्षण चलिरहेकोे छ । सो क्रममा विभिन्न मुलुकका ३१ हजार स्वयंसेवी सहभागि भएको र उनीहरुमा भ्याक्सिनले प्रभावकारी रुपमा काम गरेको देखिएको जनाइएको छ । युएईसँगै सो भ्याक्सिन बहराइन, जोर्डन तथा ईजिप्टमा परीक्षण गरिरहेको छ ।

यसैबीच संयुक्त अरव ईमिरेट्स (यूएई) मा हालसम्म ठूलो संख्यामा कोभिड १९ को परीक्षण गरिएको छ । सो क्रममा युएईमा एक लाख भन्दा बढी व्यक्तिमा कोभिड १९ को परीक्षण भएको हो ।

यूएईमा कोभिड १९ सुरु हुनु अगाडीको तथ्याँक अनुसार कूल जनसंख्या ९९ लाख रहेको छ जसमा पछिल्लो अवधिमा ८ देखि १० लाख व्यक्ति युएईबाट बाहिरिएको अनुमान छ । यसरी युएईबाट फर्किनेहरुमा सबैभन्दा धेरै भारतीयहरु रहेका छन् । यसबीचमा झण्डै ३ लाखको हाराहारी भारतीयहरु स्वदेश फर्केका छन् ।

यूएईमा रहेको कूल जनसंख्या मध्ये १२ प्रतिशत अर्थात ११ लाख जति मात्र स्थानीय नागरिक हुन् । बाँकी मध्ये २६ लाख भारतीय, १२ लाख पाकिस्तानी, ७ लाख बंगलादेशी छन् भने आठौं स्थानमा नेपाली रहेका छन् जसको जनसंख्या ३ लाख हाराहारी रहेको तथ्याँक छ । सिसिएमसीको तथ्याँक अनुसार यसबीचमा २५ हजार नेपाली स्वदेश फर्केका छन् ।

राजधानी अबुधावी जान आउन पिसिआर वा डिपिआई टेस्ट अनिवार्य गरिएको छ । सुरक्षाका नियमहरु लागु गरिएको छ । उदाहरणका रुपमा कारमा तीनजना मात्र यात्रा गर्न पाईने नियम लागु गरिएको छ । मास्क अनिवार्य छ । दुरी कायम गर्नु पर्छ । हालसम्म नियम उल्लंघन गरेको अभियोगमा २५ हज़ार व्यक्ति कारबाहीमा परिसकेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय