विश्वमा नेपालीमा घट्दै छ कोरोना संक्रमणको दर, हालसम्म ७८ को मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेनमा १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्यामा बलायत २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन् ।

यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भईरहेको जनाएको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवकहरु राहत वितरणमा सकृय छन ।

३५ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधी आदी) प्राप्त गरेको संघले जनाएको छ ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् कहिले फेरिन्छन् उद्योगी व्यवसायीहरु ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय