आप्रवासी कामदारलाई सम्मान गर

काठमाडौं, पुष २-

आज अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस नेपालमा मात्र नभई विश्वभरी विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाईंदैछ नेपालले यसपटक श्रमिकको सीप विकासलाई यस दिवसको नाराका रुपमा अगाडी सारेको

विश्वमा झण्डै १५ करोड आप्रवासी कामदार भएको अन्तराष्ट्रिय श्रम संगठनको तथ्याँक नेपालबाट भारत बाहेक अन्य मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएकाहरुको संख्या पनि ४६ लाख भन्दा धेरै नेपालको रोजगारीको एउटा मुख्य अंग बनिसकेको मुलुकको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा रेमिट्यान्स(विप्रेषण) भइरहेको अवस्थामा यो दिवसको महत्व छुट्टै

वैदेशिक रोजगारमा जाने नेपाली मध्ये बहुसंख्यक खाडीका मुलुकहरु मलेसिया जाने गरेका छन् ति मुलुकमा उपलव्ध रोजगारीका अवसरहरु कतिपय नेपालीका लागि अवसर बहुसंख्यकका लागि बाध्यताको रोजाई हो त्यहाँ सस्तो श्रमिकको रुपमा बनेको नेपाली श्रमिकको परिचय बर्षौं वितिसक्दा पनि फेरिन नसक्नु चिन्ताको विषय हो

वैदेशिक रोजगार सिमित व्यक्तिका लागि रोजाई हुन सक्दछ तर आफ्नो घरपरिवार छोडेर धेरै टाढाका मुलुकहरुमा रोजगारी खोज्दै पुग्नु, आफुले जीवनमा भोगेको भन्दा विल्कुल फरक परिवेशमा काम गर्न बाध्य हुनु फरक हावापानी, मौषमकावीच काम गर्नु उनीहरुको बाध्यता हो कतिपयले त्यहि असहजताका साथ निश्चित समयावधि काम गरेर केहि रकम कमाएर फर्किन्छन् कतिपयले त्यो अवसर समेत पाउन सक्दैनन् जाँदा लागेको ऋण चुक्ता, परिवारको न्यूनतम आवश्यकता पूर्ति केहि वर्ष विदेशी भूमिमा पसिना बगाएपछि भविष्यका लागि बस्ने बासको व्यवस्था गर्नु वैदेशिक रोजगारमा जाने आम नेपाली श्रमिकको सपना हो त्यहि सपनाले डोर्याउँदै हरेक बर्ष झण्डै लाख युवालाई विदेशी भूमितर्फ लैजाने काम गरिरहेको

यो बाध्यताका वीच विदेशिने श्रमिकको गन्तव्य मुलुुकको बसाई अपेक्षाकृत अझै सहज छैन आप्रवासी श्रमिकहरुलाई गन्तव्य मुलुकहरुमा गरिने फरक व्यवहार एउटा चिन्ता चासोको विषय हो विदेशी नागरिक भएकै कारण कुनै पनि व्यक्तिलाई कुनै पनि मुलुकले फरक व्यवहार गर्न पाउँदैन यो संयुक्त राष्ट्र संघले आत्मसाथ गरेको मान्यता हो जसमा विश्व समुदाय पनि एकमत तर यति हुँदा हुँदै पनि रोजगारीका लागि पुगेका आप्रवासी कामदारहरु माथि फरक व्यवहार भइरहेको , उनीहरुले समान अवसर पाउन सकिरहेका छैनन्    

बहुसंख्यक नेपालीहरु रोजगारीका लागि जाने खाडीका मुलुकहरु तथा मलेसियाको निर्माण आप्रवासी श्रमिकले नै गरेका हुन् तसर्थ ति मुलुक बनाउने आप्रवासी श्रमिकहरुको ति मुलुकमा सम्मान हुनु पर्दछ उनीहरुले मर्यादित काम, काम गरेको ज्याला पाउने विरामी पर्दा स्वास्थ्य उपचारको सेवा प्राप्त गर्नुपर्दछ कुनै अप्ठ्यारो आइपर्दा स्थानीय प्रहरीप्रशासनबाट हुनुपर्ने सहयोग, अदालतबाट न्याय प्राप्ति अदालतले गरेको निर्णयको पालना हुनु पर्दछ

आप्रवासी कामदार रोजगारीको अवसर खोज्दै बाध्यताले अर्को मुलुकमा पुगेको व्यक्ति हो उसले रोजगारी गरेपश्चात उचित ज्याला प्राप्त गर्ने अधिकार राख्दछ श्रमिक हो, दास होईन उसलाई एउटा श्रमिकलाई गर्ने व्यवहार गरिनु पर्दछ

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को अवसरमा आप्रवासी कामदारप्रति सम्मानपूर्ण व्यवहारको आवाज उठाउनेहरु प्रति हाम्रो ऐक्यवद्धता   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: