वैदेशिक रोजगारमा रहँदा स्वास्थ्यमा ध्यान दिन आवश्यक

काठमाडौं, मंसिर २८-

पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झण्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आव २०६५६६ देखि २०७५७६ सम्म आइपुग्दा सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् सो अवधिमा १७१ महिला सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन्

बोर्डका अनुसार आव २०६५६६ मा ७७, आव २०६६६७ मा ४१९, आव २०६७६८ मा ५६५, आव २०६८६९ मा ६४६ आव २०६९७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् आव २०७०७१ मा ८७६, आव २०७१७२ मा एक हजार सात, आव २०७२७३ मा ८१३, आव २०७३७४ मा ७५५, आव २०७४७५ मा ८२२ २०७५७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन्

यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् मुख्यरुपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्

१० वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको केही मृत्युका कारण अझैसम्म खुल्न सकेका छैनन् विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेकोवैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थितिप्रतिवेदनमा उल्लेख

आप्रवासी कामदारको अधिकारलाई प्रमुखताका साथ उठाइरहँदा कामदारको स्वास्थ्यसम्बन्धी विषय पछिल्लो समय ओझेलमा परेको आप्रवासी कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका क्षेत्रमा स्रोत तथा गन्तव्य मुलुकले उचित ध्यान दिन सकेका छैनन्

व्यवसायजन्य सुरक्षा नअपनाउँदा ठूलो सङ्ख्यामा नेपाली कामदारले कार्यस्थलमै ज्यान गुमाउनु परेको सामान्य सुरक्षात्मक उपाय नअपनाउँदा सामान्यदेखि दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालेको मानसिक तथा अर्बुद रोग, मिर्गौलामा खराबी, प्रजनन क्षमतामा ह्रासलगायत गम्भीर प्रकारका स्वास्थ्य समस्या नेपाली कामदारले भोग्दै आएका छन्

आप्रवासन विषयका जानकार डा. जीवन बानियाँ विदेशमा रहेको कामदारको स्वास्थ्यलाई जोखिमबाट माथि उठाउन पर्याप्त मात्रामा सचेतना फैलाउनुपर्ने बताउँछन् वैदेशिक रोजगारी अगाडि दिने पूर्वप्रस्थान अभिमुखीकरण तालीम (पिडिओटी) पर्याप्त छैन”, उनले भने, “विद्यालय तथा क्याम्पस तहमा पनि वैदेशिक रोजगारीमा आउनसक्ने स्वास्थ्य समस्याबारे जानकारी दिनुपर्छ व्यवसायजन्य सुरक्षा प्रत्याभूति गराउन नेपालले गन्तव्य मुलुकसँग नियमितफलोअपगर्न नसक्नेतर्फ इङ्गित गर्दै उनले गन्तव्य मुलुकमा रहेको नेपाली नियोगको दह्रोसँग भूमिका निर्वाह गर्नुपर्ने बताए पछिल्लो समय मलेसिया, जापान, मसिस संयुक्त अरब इमिरेटस् (युएई) सँगको श्रम समझदारीमा कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका विषयलाई सम्बोधन गरिएको तर त्यसको कार्यान्वनको अवस्था भने जटिल देखिएको

आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ

आप्रवासी कामदार सप्ताहको अवसर पारेर आज नेपाल स्वास्थ्य व्यवसायी सङ्घले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको शिविरमा रगत परीक्षण तथा रक्तचाप परीक्षणका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श प्रदान गरिएको सङ्घका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिए  

सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ दिनभर चर्को गर्मीमा काम गर्ने साँझएयर कन्डिशनचलाएर सुत्दा झन् जोखिम बढ्ने सङ्घका महासचिव जय गुरुङ बताउँछन्

विदेशमा काम गर्ने नेपालीले खानपानमा विशेष ध्यान दिन उनले सुझाव दिए अत्यधिक गर्मीमा काम गर्दा शरीरमा पानीको मात्रा कम हुन गई अस्वस्थ बनाउन सक्ने सम्भावना उच्च रहन्छ उनले कम्तीमा पनि दैनिक लिटरभन्दा बढी पानी पिउनुपर्ने बताए काम गर्दा प्रत्येक दुईदुई घण्टामा केही समय विश्राम लिनु आवश्यक हुन्छ

विदेशमा काम गर्ने श्रमिकले पोषणयुक्त सन्तुलित खाना खानु अति आवश्यक ”, महासचिव गुरुङले भने, “वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न आउने व्यक्तिलाई विदेशमा रहँदा आइपर्ने स्वास्थ्य समस्याका बारेमा जानकारी दिनाका साथै स्वास्थ्यसम्बन्धी विभिन्न परामर्श दिने गरेको छौँ मादक पदार्थ सेवन गरेर पनि ज्यानै गुमाउनाका साथै विभिन्न स्वास्थ्य समस्या निम्तने गरेको गत वर्षमात्र मलेशियामा विषाक्त मदिरा सेवनबाट एक दर्जनभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: