सामाजिक सुरक्षा कोषको एक बर्षः ११ हजार रोजगारदाता, १ लाख १५ हजार श्रमिक सूचिकृत

काठमाडौं, मंसिर १०-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म करिव ११ हजार रोजगारदाता लाख १५ हजारको हाराहारीमा श्रमिक सूचिकृत भएका छन् यसैगरी कोषमा हालसम्म झण्डै १७ करोड योगदान रकम संकलन भएको

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समयमा कोषमा सूचिकृत हुने रोजगारदाता श्रमिकको संख्या उत्सहप्रद रहेको बताए

गत मंसिर ११ गते औपचारिक रुपमा सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा गत साउन देखि श्रमिक सूचिकरण सुरु भएको पहिलो चरणमा संगठित क्षेत्रका श्रमिकलाई सूचिकरण सुरु गरेको कोषले दोश्रो चरणमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सूचिकृत गर्ने जनाएको

कोषमा हालससम्म पनि कतिपय क्षेत्रका रोजगारदाता श्रमिकहरु आवद्ध हुन आनाकानी गरिरहेका छन् उनीहरुले कोषले प्रस्ताव गरेको सुविधा कम भएको, योगदानको प्रतिशत धेरै भएको गुनासो गरेका छन् कोषका कार्यकारी निर्देशक ज्ञवालीले भनें यो अनिवार्य कार्यक्रम भएका कारण विस्तारै सवै रोजगारदाता तथा श्रमिक सूचिकृत हुनै पर्ने भन्दै तर यसका बारेमा सवैलाई बुझाएर संलग्न गराउने नीति लिइएको बताए

नेपालमा श्रमिकका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्न नेपालका ट्रेड यूनियनहरुले धेरै वर्ष पहल, प्रयत्न गरेको भन्दै यसमा अविलम्व सहभागि हुन ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले आग्रह गरेका छन् उनले सरकार, रोजगारदाताहरु तथा ट्रेड यूनियनहरुवीच साझा सहमतिका आधारमा ल्याइएको कार्यक्रममा सहभागि हुन लाभ लिन सवैलाई आग्रह गरे

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको रोजगारदाता परिषदका उपसभापति भरतराज आचार्यले पनि सामाजिक सुरक्षा कार्यक्रम त्रिपक्षिय सहमतिको दस्तावेज रहेको भन्दै श्रम ऐनले दिएको श्रम लचकताको आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आएको बताए उनले यस कार्यक्रमले उत्पादन लागत केहि बढेपनि यसले समग्र औद्योगिक सम्वन्ध मजबुत बनाउने उत्पादकत्व बढाउने अपेक्षा प्रकट गरे

मंसिर ११ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विशेष कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा दिवस मनाउँदैछ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: