वैदेशिक रोजगारमा रहँदा मृगौला जोगाउन यी कुरामा ध्यान दिउँ

काठमाडौं, मंसीर २-

विश्व समुदायले मृगौला रोगमा महिलालाई बढी जोखिममा रहेको देखे पनि नेपालमा भने खाडीका मुलुकहरु तथा मलेसियामा रोजगारीका लागि जाने युवा मृगौला रोगको उच्च जोखिममा देखिएका छन् यसमध्ये पनि खाडीका मुलुक गएकाहरुमा यो समस्या बढी देखिएको

पछिल्लो समय खाडी मुलुक जाने युवाहरुमा मृगौला फेल हुने क्रम बढेको चिकित्सकहरुले बताएका छन् खाडीका मुलुकमा जानेहरुले पानी भन्दा अरु पेय पदार्थ पिउने, हरियो तरकारी खान नपाउने, कडा परिश्रम गर्ने शरीर दुखेपछि दुखाई कम गर्न दुखाई कमगर्ने औषधी खाने गर्नाले मृगौला फेल हुने गरेको चिकित्सकहरुको भनाई दुखाइ कम हुने औषधिले प्रत्यक्ष असर मृगौलामा पर्ने भएको हुँदा धेरै त्यस्तो औषधि सेवन नगर्न चिकित्सकहरुले सुझाव दिएका छन्

मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोगले मृगौला खराव बनाउने गर्दछ यसैगरी अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाव नलीको बनावटको खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी लगायतले पनि मृर्गौलालाई विगार्ने काम गर्दछ

ज्यादै थकाइ कमजोरी महशुस हुनु, छाला चिलाउनु, राती बढी पिसाब लाग्नु, हात गोडा सुन्निनु, महिनावारी गडबडी हुनु, निदाउन कठिनाइ हुनु, आँखा वरीपरी सुन्निनु, मांसपेशी बाउँडिनु, रक्तअल्पता मृगौलाले काम गर्न छोडेका लक्षण हुन् यस्ता समस्या देखिएमा जतिसक्दो छिटो स्वास्थ्य परीक्षण गराउनु पर्दछ  

सामान्यतया यस्ता लक्षण नदेखिएपनि सामान्य स्वास्थ्य परीक्षणबाट मिर्गौला ठिक वा छैन भन्ने थाहा पाउन सकिन्छ   यसका लागि समय समयमा रगतमा युरिन क्रेटिनिनको मात्रा हेर्ने गर्नुपर्दछ यसैगरी हेमोग्लोबिन, क्याल्सियम फस्फोरसको परीक्षण गरेर, मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर मृगौला सम्वन्धि रोग लाग्नबाट बच्न सकिन्छ

मृगौलाले काम गर्न छोडेमा डायलाइसिस गर्ने अन्ततः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ जुन जीवनभरका लागि खर्चिलो आर्थिक हिसावले पनि बोझिलो काम हो त्यसैले प्रत्येक महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउनु, अनुशासित जीवन बिताउनु, सन्तुलित स्वास्थ्य आहार लिनु, नियमित  व्यायाम गर्नु, जाँड, रक्सी, चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगनु तथा विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखानु उचित हुन्छ  

चिकित्सकहरूका अनुसार मिर्गौला रोगबाट बच्न प्रशस्त पानी खानुपर्छ। आफूखुसी औषधि सेवन गर्नुहुन्न। नियमित मिर्गौलाको परीक्षण गर्नुपर्छ। कामका लागि विदेश गएकाहरु मध्ये धेरैजसोको ध्यान पैसा कसरी कमाउने, घरको ऋण कसरी तिर्ने भन्नेमा मात्र जान्छ, त्यसैले उनीहरूले स्वास्थ्यको ख्याल गर्न बिर्सन्छन्। खाडी मुलुकमा जाने युवालाई बचाउने हो भने सरकारले मिर्गौला जाँचका लागि पिसाब रगतमात्र नभएर अल्ट्रासाउन्डसहितको स्तरीय जाँच सेवा उनीहरूलाई दिनुपर्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: