मलेसियामा सुरक्षा गार्ड पनि शुन्य लागतमै, मन्त्रालय भन्छ, अव जानेले पाउनेछन् यी सुविधाहरु

काठमाडौं, भदौ २९-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अव रोजगारीका लागि मलेसिया जाने नेपालीहरुले श्रम समझदारी अनुसारको सुविधा पाउने भन्दै दुई देशवीच भएको पछिल्लो बैठकका बारेमा जानकारी गराएको छ । मन्त्रालयका तर्फबाट सहसचिव रामप्रसाद घिमिरेले प्रेस विज्ञप्ती जारी गर्दै दुई देशवीच सुरक्षा गार्डको कामममा जानेहरु पनि शुन्य लागतमा जान पाउने सहमति भएको जानकारी दिएका छन् ।

दुई देशवीचको संयुक्त कार्यदलको नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागि सहसचिव घिमिरेका अनुसार नेपालले सिफाशि गरेका १ सय २द्द स्वास्थ्य संस्थाहरु मध्ये यसअघि बायोमेट्रिकमा आवद्ध ३६ संस्था वाहेक बाँकी ८६ वटा संस्थाहरुको अनुगमन आगामी नोभम्वर महिनाको पहिलो साता देखि सुरु गर्न मलेसिया सहमत भएको छ ।

अव मलेसियामा रोजगारीका लागि जाने कामदारले के लाभ पाउँछन् ? पढ्नुहोस् मन्त्रालयको विज्ञप्ती

नेपाल सरकार मलेसिया सरकारबीच २०७५ कार्तिक १२ गते सम्पन्न भएको श्रम समझदारी (MoU) अन्तर्गत स्थापित Joint Working Group (JWG) को दोश्रो वैठक भाद्र २४ २५ गते मलेसियाको पुत्रजयामा सम्पन्न भएको यस वैठकबाट गत वर्ष हस्ताक्षरित श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुंगो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिक रुपमा अगाडि बढाउन सहमति भएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित व्यवस्थित तुल्याउने सन्दर्भमा यस मन्त्रालयबाट पहल भएका विभिन्न नीतिगत प्रकृयागत सुधारका कार्यक्रम अन्तर्गत नेपाली श्रमिकको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसिया वैदेशिक रोजगारलाई व्यवस्थित गर्नु पनि मूख्य रहेको थियो गरिवी, अभाव र वेरोजगारीको मारमा रहेका नेपाली श्रमिकहरुले रोजगारीका लागि मलेसिया जाने क्रममा ठगी, अनुचित लागत एवं सिन्डिकेट जस्ता समस्याहरु खेपिरहनु परेको सन्दर्भमा मिति २०७५।२।२ गते मन्त्रालयले महत्वपूर्ण निर्णय लिएको थियो । तत्पश्चात दुवै देशको संयुक्त प्रयासकै फलस्वरुप २०७५ कार्तिक १२ गते मलेसिया सरकारबीच श्रम समझदारीमा सम्पन्न भएको थियो

उक्त समझदारी पत्र अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क (recruitment service charge), आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच (security screening) शुल्क लगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ विगतमा नेपाली कामदारलाइ लाग्दै आएको लेभी समझदारी पश्चात नलाग्ने भएको करार अवधि वर्ष रहदै आएकोमा वर्ष कायम भएको कामदारको पारिश्रमिक प्रत्येक महिनाको गते भित्र वैङ्क खाता मार्फत भुक्तानी गर्नु पर्ने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता भएको छ । अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ

समझदारी पत्र अनुसार रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रवन्ध गर्नुपर्नेछ। नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ । सो हुन नसकेमा उक्त सन्दर्भमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै वहन गर्नुपर्ने व्यवस्था गरिएको छ । महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण रेखदेख गर्नुपर्नेछ त्यसै गरी कामदार रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने छन्

मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा सो नेपाली कामदारलाई समेत लागू हुनेछ वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको दुवै देशका सरकारले आफ्नो देशमा कामदार, रोजगारदाता श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नु पर्नेछ

रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनौट गर्न सक्ने प्रावधान करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने सो को लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनु पर्नेछ नेपाली कामदारहरुले आफ्नो राहदानी लगायत आफ्ना निजी कागजात आफैसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको

मलेसियासंगको श्रम समझदारी पश्चात पहिलो संयुक्त कार्यसमूह (JWG) को वैठक २०७५ कार्तिक १२ गते नै बसी समझदारीपत्र कार्यान्वयन गर्ने सन्दर्भमा दुवै देशको तर्फबाट गरिनुपर्ने कार्यहरुका साथै भर्ना प्रकृया चरण (Flow Chart) निर्धारण गरेको थियो उक्त संयुक्त कार्य समूहको वैठकमा मलेसिया सरकारबाट स्वास्थ्य परीक्षणको मापदण्डहरु उपलब्ध हुने सो को आधारमा नेपाल सरकाले मलेसिया सरकारसंगको परामर्शमा स्वाथ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको छनौट गर्ने गरी निर्णय गरिएको थियो यसै व्यवस्था बमोजिम यस मन्त्रालयबाट मापदण्डहरु उपलब्ध गराइदिने व्यवस्थाका लागि मलेसिया सरकारलाई अनुरोध गरिएको थियो

उपर्युक्त बमोजिम मिति २०७५।१०।१३ तथा २०७५।१२।०८ का पत्रहरुबाट यस मन्त्रालयलाई मलेसिया सरकारको स्वास्थ्य परीक्षणको Guideline Standard Operating Procedures (list of tests, facilities, equipment समेत) प्राप्त भएको थियो प्राप्त मापदण्डहरु समेतको आधारमा मन्त्रालयले मिति २०७५।१२।१८ को दिन सार्वजनिक सूचना जारी गरी मलेसिया रोजगारीका लागि जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण सम्बन्धी मापदण्ड पूरा गर्नसक्ने स्वास्थ्य संस्थाहरुबाट सूचिकरणका लागि प्रस्ताव आह्वान गरेको थियो स्वास्थ्य मन्त्रालयका विशेषज्ञ समेत सम्मिलित टोलीहरुले निवेदक स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन एवं निरीक्षण गरी १२२ स्वास्थ्य संस्थाको नामावली २०७६ श्रावण २१ गते मलेसिया सरकारलाई पठाइएको थियो सो पश्चात मलेसिया सरकारबाट भाद्र ११ गते दोश्रो JWG वैठकको निमन्त्रणा प्राप्त भएको थियो सोही सन्दर्भमा यस मन्त्रालयका सहसचिव श्री रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले  मलेसियाको मानव संशाधन मन्त्रालयको नीति महाशाखा प्रमुख Mdm. Betty Hasan नेतृत्वको प्रतिनिधिमण्डलसंग २०७६ भाद्र २४ २५ मा मलेसियाको पुत्रजयामा वार्ता सम्पन्न गरी स्वदेश फर्किएको

दोश्रो JWG वैठकमा नेपाल सरकारले सिफारिश गरेका १२२ स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुमध्ये ३६ वटा संस्थाहरु मलेसियाली स्वास्थ्य परीक्षणको मापदण्ड पुरा गरी मलेसियाको Bio-Medical System (BMS) मा समेत आवद्ध रहेको भन्ने मलेसियाली पक्षको परामर्श रहेको हुँदा ती वाहेकका अन्य ८६ वटा संस्थाहरुको आगामी नोभेम्बरको पहिलो सातादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण (audit) शुरु गर्ने सहमति भएको

यसका साथै सुरक्षा गार्ड (Security Guard) भर्नाका सम्बन्धमा समझदारीपत्रमा स्पष्ट व्यवस्था हुन बाँकी रहेको साथै प्रथम JWG वैठकमा सो सम्बन्धमा विभिन्न ढाँचा (modality) का सम्बन्धमा छलफल भए तापनि सो विषयमा निर्णय हुन बाँकी नै रहेको थियो दोश्रो JWG वैठकमा यस विषयमा छलफल हुँदा सुरक्षा गार्डको सन्दर्भमा समेत मूल समझदारी अनुरुप नै  शुन्य लागतको सिद्धान्तमा आधारित भर्ना प्रकृया अवलम्बन गर्ने गरी अन्य सेवा शर्तको विषय समेत सोही समझदारी बमोजिम हुने गरी अगाडि बढाउन दुवै देश सहमत भएका छन् श्रम समझदारी कार्यान्वयनलाई आपसी समझदारीमा सहजीकरण गर्न दुवै देश सहमत भई दोश्रो JWG वैठक अत्यन्त सौहार्दताका साथ सम्पन्न भएको

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित व्यवस्थित तुल्याउने सन्दर्भमा मलेसिया सरकारसँग भएको द्विपक्षीय श्रम समझदारीको पूर्ण कार्यान्वयनमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कटिबद्ध रहेको यसै सम्झौता बमोजिम कामदारहरुको अधिकतम हकहित प्रवर्द्धन एवं वैदेशिक रोजगारका नाममा नेपाली युवाहरुलाई अनेकन प्रलोभन दिई उनीहरुको बाध्यताको फाइदा उठाई हुने गरेका ठगीको नियन्त्रणप्रति मन्त्रालय सदैव सजग रहेको मन्त्रालयको यस दायित्वमा साथ दिनहुन आम जनसमुदाय, सञ्चारमाध्यम तथा सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध समेत गर्दछौं

नेपाल सरकार र मलेसिया सरकारबीच सम्पन्न श्रम समझदारीको कार्यान्वयनका सन्दर्भमा मलेसिया सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगका लागि मलेसिया सरकारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । श्रम समझदारी देखि दोश्रो JWG सम्मको विभिन्न चरणमा योगदान पुर्याउनुहुने सम्बन्धित सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुनेगरी मलेसिया रोजगारी आजदेखि सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: