मनोरञ्जन क्षेत्रमा २२ प्रतिशतसम्म श्रमिक यौन शोषण र बेचविखनको शिकार

काठमाडौं, साउन २०-

राष्ट्रिय मानव अधिकार आयोगले बैदेशिक रोजगारीमा घरेलु श्रममा जाने नेपाली नागरिकहरुको संरक्षण तथा सहायताका लागि आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले मानव वेचविखन सम्वन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई सो सिफारिस गरेको हो ।

यसैगरी मनोरञ्जन क्षेत्र, मसाज पार्लर, गेष्ट हाउस तथा खाजा घरहरुमा श्रम अनुमगन तथा कारवाहलाई कार्यान्वयन गर्न विशेष निर्देशिका निर्माण गरी लागू गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आयोगले सिफरिस गरेको छ । मनोरञ्जन तथा सत्कार व्यवसायमा करिव ४१ प्रतिशत श्रमिकहरु जवर्जस्ती श्रमको शिकार भइरहेको आयोगको निश्कर्ष छ । यसैगरी सो क्षेत्रमा २२ प्रतिशतसम्म श्रमिकहरु यौन शोषण तथा बेचविखन र ओसारपसारका शिकार भइरहेको हुँदा ति क्षेत्रमा काम गर्ने श्रमिकको अधिकार संरक्षण र न्यायमा पहुँचका लागि आवश्यक कदम चाल्नुपर्ने आयोगको ठम्याई छ ।

आयोगले मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुलाई लाञ्छनापूर्ण दृष्टिकोण र भेदभावका अभ्यासहरु रहेको हुँदा नेपाल सरकारले श्रम ऐन २०७४ अनुरुप यस क्षेत्रका लागि विशेष श्रम नियमावली निर्माण गरी लागु गर्न सरकारलाई सुझाव दिएको छ ।

मानव वेचविखनको नयाँ माध्यम

मानव बेचविखनका लागि पछिल्लो समयमा नेपालमा दलालहरुले नयाँ शैली अपनाउने गरेको आयोगको अध्ययनले देखाएको छ । आयोगका अनुसार मानव वेचविखनका दलाल तथा यसमा संलग्न व्यक्तिहरुले पीडितसँग सम्पर्क माध्यमको रुपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको प्रयोगका रुपमा ईमो, वि च्याट जस्ता सम्पर्क माध्यम अपनाउने गरेको देखिएको छ । यसैगरी विगतमा छिमेकी मुलुक भारत केन्द्रीत नेपाली महिला तथा बालबालिकाको बेचविखन विस्तारित भएर भारतसँगै चीन, बंगलादेश,  म्यानमार, थाईल्याण्ड, ईण्डोनेशिया लगायतका मुलुकहरु नयाँ मार्ग तथा गन्तव्य देखिएका छन् ।

तथ्याँक सार्वजनिक नहोस् भन्ने चाहना

नेपालबाट हुने मानव बेचविखनको घटनाका तथ्याँकहरु सार्वजनिक नहोस् भन्ने चाहना हुने गरेको र त्यका कारण अध्ययनमा असहयोग भएको समेत आयोगको भनाई छ । आयोगकी सदस्य मोहन अन्सारीले यस्ता तथ्याँक सार्वजनिक नहोस् भन्ने ईच्छा हुने गरेको पाएको र जसका कारण असहयोग भएको बताइन् । तर उनले सो असहयोग कुन निकायबाट भएको हो भन्ने खुलाईनन् ।

आयोगले मानव बेचविखन सम्वन्धी राष्ट्रिय प्रतिवेदनसँगै बैदेशिक रोजगारीमा गएक पुरुषहरुको श्रीमतिले भोग्नु परेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकाहरुको अवस्था तथा मानव बेचविखन सम्वन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले ति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस् अवैधानिक बस्दै आएकाहरुलाई अवसर 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: