कमाउन विदेश हुनुहुन्छ ? अनी छोराछोरीका बारेमा यी कुरा ध्यान दिनुभएको छ ?

काठमाडौं, असार २०-

रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? पक्कै पनि तपाई बैदेशिक रोजगारीमा जानु भएको भनेको परिवार पाल्न, छोराछोरीको शिक्षादिक्षा तथा भविष्यको सुरक्षाका लागि हैन त ? तपाई ति सपना पूरा गर्न विदेशमा रहँदा आफ्ना सन्तानका बारेमा कत्तिको ख्याल राख्नुहुन्छ ? बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारका छोराछोरीका विषयमा केन्द्रीत भएर गरिएको अध्ययनले केहि गम्भीर विषयहरु उजागर गरेको छ ।

बैदेशिक रोजगार बोर्डले गरेको अध्ययनमा रोजगारीका लागि विदेशिएका व्यक्तिका सन्तानमा माया ममताको अभाव, एक्लोपन, अन्तरमुखि स्वभावको हुने देखि लिएर कुलतको जोखिममा पर्नेसम्मका समस्या देखिएका छन् । अनुसन्धानको प्रारम्भीक निश्कर्ष प्रस्तुत गर्दै अनुसन्धानकर्ता कैलाश राईले उनीहरुमा रिसाहा, अटेरी र उदण्डपन देखिएको विद्यालयका शिक्षक, अभिभावक लगायतले भन्ने गरेको बताइन् ।

यसैगरी अनुसन्धानको नेतृत्व गरेकी सरु जोशीले ८ वटा विद्यालयमा गरिएको अनुन्धानमा त्यस्ता बालबालिकाहरु उर्जा नभएका र उनीहरुलाई मनोसामाजिक परामर्शको आवश्यकता देखिएको भन्दै यसमा सवैको ध्यान पुग्नुपर्ने बताइन् ।

जोशीले विद्यालय प्राङगणमा नै खैनी, गुट्खा, पानपराग खाने, चुरोट पिउने विद्यार्थीहरु मध्ये धेरैजसो आमाबाबा भन्दा टाढा बसेकाहरु नै हुने गरेको बताइन् । उनले गाँजा, ड्रग्ससम्मका हानिकारक मादक पदार्थ सेवनतर्फ उन्मुख हुने र चोरी लडाई झगडाहरुमा संलग्न हुने सम्भावना औल्याईन । अध्ययन गरिएका ८ वटै विद्यालयमा यस्ता दूव्र्यसनको शिकार भएकाहरु देखिएको र त्यसमा बहुसंख्यक बालक रहेको निश्कर्ष उनले प्रस्तुत गरिन् ।

कुलतको शिकार भएकाहरुलाई उचित परामर्श, माया र साथ दि नेभन्दा सजाय दिने, उपेक्षा र घृणा गर्ने देखिएको भन्दै कतिपय अवस्थामा विद्यालयले त्यस्ता विद्यार्थीलाई निश्कासन समेत गर्ने गरेको अध्ययनले देखाएको छ ।

सन्तानलाई छोडेर बैदेशिक रोजगारमा जाँदा घरपरिवारको सामाजिक मान्यता र व्यवहारिक पक्षमा फेरवदल भईरहेको भन्दै आमाबाबुको अपनत्वको अनुभव नगरेका कारण बालबालिकाहरुले पनि अभिभावक प्रतिको अपनत्व कमजोर हुँदै गएको देखाएको छ । यसैगरी कतिपय परिवारमा आमा बैदेशिक रोजगारमा गएपछि बाबु वा बाबु रोजगारीका लागि विदेशिएपछि छरछिमेकी र आफन्तद्धारा नै बालिकाहरुमाथि भौतिक र मानसिक हिंसा भएको भेटिएको छ । अभिभावकको अनुपस्थीतिमा बालिकाहरुमा यौनहिंसा र शोषणको उच्च जोखिम देखिएको अध्ययनले देखाएको छ । 

बैदेशिक रोजगारमा गएका व्यक्तिका बालबालिकामा देखिएको समस्या न्यूनिकरण गर्न पालिकाहरु नै अग्रसर हुनुपर्ने र त्यसका लागि श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले पहल गर्नुपने जोशीले बताइन् । उनले बालबालिकाहरुका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: