रोजगार सम्मेलनः कार्य संस्कृति विकास र सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड

काठमाडौंअसार १६

संविधानले सबै नागरिकलाई समानताको हक सुनिश्चित गरेको अवस्थामा कार्यसंस्कृतिमा हुने विभेद अन्त्य गर्न सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड दिइएको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गत सोमबार आयोजितकार्यसंस्कृति मर्यादित श्रमविषयको छलफलमा सहभागीले श्रमको सम्मान गर्ने व्यवस्थालाई अनिवार्य गर्न नसकिए नेपाली युवा विदेशिने क्रम रोक्न कठिनाइ हुने बताए।

श्रम क्षेत्रलाई व्यवस्थित बनाउन प्रशस्त सम्भावना भए पनि अनुसन्धानमूलक दस्तावेज निर्माण गरिनु आवश्यक भएको सहभागीको भनाइ थियो। खाली सिसी संस्थाका संस्थापक आयुषी केसीले कामका आधारमा विभेद गरिने प्रचलन अझै कायम रहेको उल्लेख गर्दै कामको सम्मान गर्ने अवस्था सिर्जना गरिनुपर्ने बताइन्। उनले भनिन्, ‘कामको सम्मान गर्ने गरी नीतिगत परिवर्तन गर्नु आवश्यक छ।

उद्योगी त्रिचन्द्र भट्टराईले श्रमका आधारमा गरिने विभेदलाई कानूनले वञ्चित गरे पनि अझै पनि व्यवहारमा विभेद कायमै रहेको बताए। कार्यसंस्कृतिमा परिवर्तन ल्याउनु आवश्यक भएकामा जोड दिँदै उनले कामलाई सानो ठूलोका आधारमा हेर्न नहुने धारणा राखे। नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले सबै प्रकारका कामलाई सम्मान गर्नलाई संस्कृतिको विकास आफैँबाट शुरुआत गर्नुपर्ने बताए। उनले भने, ‘श्रमलाई सम्मान गर्ने श्रमिकलाई हेर्न दृष्टिकोण परिवर्तन गर्नुपर्छ।

रोजगार कानूनका ज्ञाता निशा बानियाँले कानूनतः सबै श्रमिकलाई समान व्यवस्था गर्नुपर्ने प्रावधान भए पनि अझै पनि व्यवहारमा श्रमिकमाथि विभेद कायमै रहेको बताइन्। उनले भनिन्, ‘श्रमिकलाई अहिले पनि समान व्यवहार भएको छैन, बौद्धिक शारीरिक श्रम गर्नेबीच विभेद, पारिश्रमिक, सेवा सुविधामा पनि विभेद भइरहेको पाइन्छ।

सत्रकी अध्यक्ष तथा छलफलकी सहजकर्ता सांसद विन्दा पाण्डेले नीतिगत व्यवस्था भए पनि कार्यान्वयन गर्ने संस्थागत संरचना दरिलो नहुँदा श्रमको सम्मान गर्ने संस्कार बढ्न नसकेको बताइन्।

सहभागीले काम गर्ने संस्कृतिको विकास गर्न श्रमलाई सम्मान गर्न शिक्षा प्रणालीनै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। मुलुकमा राजनीतिक परिवर्तन आए पनि काम गर्ने संस्कृति श्रमको सम्मान गर्ने प्रवृत्तिमा परिवर्तन आउन नसकेको उनीहरुको भनाई छ।

त्यसअघि रोजगार सम्मेलन अन्तर्गत भएकोनेपाली श्रम बजार आयस्थितिको सिंहवालोकनविषयको सामूहिक छलफलमा सहभागीले विश्वविद्यालय शिक्षाले श्रम बजारको आवश्यकता सम्बोधन गर्न नसकेको बताएका थिए। उनीहरुले शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याए।

लक्ष्मी बैंकका मानव संशेधन विभाग प्रमुख अमित शर्माले विश्वविद्यालयले दिने शिक्षाले रोजगारीको आधार सिर्जना गर्न नसकेको बताए। उनले भने, ‘विश्वविद्यालय शिक्षा हासिल गरेको व्यक्तिलाई रोजगारदाताले आधारभूत विषय अझै सिकाउनुपर्ने अवस्था रहेको , हाम्रो विश्वविद्यालय शिक्षाले सामान्य जानकारी पनि दिन सकेको छैन।

प्रविधिको क्षेत्रमा आइरहेका परिवर्तनले नयाँनयाँ रोजगारीको अवसर सिर्जना गर्दै आए पनि नयाँ रोजगारीले परम्परागत रोजगारी प्रतिस्थापन हुँदै गएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अवको १० वर्षमा प्रविधिका क्षेत्रमा आएको परिवर्तनले ६० प्रतिशत रोजगारी कटौती गर्ने आकलन गरेको छ। केन्द्रीय तथ्याङ्क विभागकाअनुसार नेपालको बेरोजगारी दर ११. प्रतिशत छ।रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: