जापानी भाषा पढ्न कुद्नु अघि यति कुरा विचार गरौं

 

काठमाडौं, चैत्र १२-

जापानले नेपाली कामदार लिनेगरी समझदारीपत्रमा हस्ताक्षर गरेपछि जापानको रोजगारका बारेमा चासोका साथ जिज्ञासा राख्नेहरु बढेका छन् । उनीहरुले सामान्यतया सोधेका जिज्ञासाहरुको आधारमा रहेर यो सामग्री तयार पारिएको छ ।

जापान र नेपालबीच सरकारी स्तरमा नै कामदार पठाउनेगरी सम्झौता भएको छ । जापानले फिलिपिन्ससँग मेनपावर कम्पनी मार्फत नै कामदार लिनेगरी सम्झौता गरेपनि नेपालसँग भनें सरकारी स्तरमा नै कामदार लिने सम्झौता गरेको हो । त्यसैले जापान पठाउने विषयमा अव कुनै मेनपावर कम्पनीहरु संलग्न हुने छैनन् । जापान जाने प्रकृयाका लागि सरकारले दक्षिण कोरिया पठाउने जस्तै प्रकृया अपनाउनेछ । त्यसका लागि सम्भवतः कोरियाका लागि ईपिएस शाखा भएजस्तै कुनै नामको कार्यालय सञ्चालनमा आउनेछ । सोही कार्यालयले जापानी सम्वन्धीत निकायसँगको समन्वयमा प्रकृयागत कुराहरु मिलाउनेछ । 

जापानले रोजगारीका लागि विदेशी कामदार लिने गरी खुल्ला गरेका क्षेत्रहरु कुन कुन् हुन् त ? सुरुमा ति क्षेत्रहरुका बारेमा जानौं । जापानले विदेशी श्रमिकका लागि खुल्ला गरेका क्षेत्रहरुः  

नर्सिङ केयर, भवनको सरसफाई, कृषि, मत्स्यपालन क्षेत्र, खाद्य तथा पेय पदार्थको उत्पादन (समुद्री खाद्य पदार्थ सहित), रेष्टुराँ (खाना र पेय पदार्थ), बस्तु उत्पादन उद्योग, औद्योगिक मेसिन उत्पादन उद्योग, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रीकल्स सामग्री उत्पादन उद्योग, निर्माण, समुद्री जहाज निर्माण, कार मर्मत, विमानस्थलमा ग्राण्ड ह्याण्डलिङ तथा एयरक्राफ्ट मर्मत, सेवा क्षेत्र ।

समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा क्षेत्रका काममा विदेशी श्रमिक लिन थाल्नेछ । १४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ । जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडव्लु) अन्तर्गत पहिलो वर्ग र दोश्रो वर्गका श्रमिकहरु लिने सहमति नेपाल र जापानबीच भएको छ । 

पहिलो वर्ग भनेको सम्वन्धीत कामको सीप जानेका र अनुभवीहरु हुनेछन् । त्यस्तो वर्गमा जापान जानेहरु बढीमा पाँच वर्षसम्म जापानमा बस्न सक्नेछन् । दोस्रो वर्ग भनेको उच्च तहको अध्ययन, सीप र दक्षता आवश्यक पर्ने काम हो । यस्तो काममा नेपालमा विश्वविद्यालय तहको तध्ययन भएका, विशेष दक्षतायुक्त कामहरु जस्तै नर्स र ईञ्जिनियरहरु पर्दछन् । त्यस्ता श्रमिकहरुले जापान गएपछि आफ्नो बसाई अवधि थपेर बस्न सक्छन् र उनीहरुले परिवारका सदस्यलाई समेत जापान लैजान पाउँछन् ।   

दुई देशबीचको सम्झौता अनुसार नेपाली श्रमिकले जापानी कानून बमोजिम रोजगारीका सेवा, सुविधा एमं शर्तहरुमा जापानी नागरिक सरह नै तलव, सुविधा पाउनेछन् । जापानमा रोजगारीका लागि जाने नेपालीलाई त्यहाँको रहनसहन, दैनिक रुपमा आईपर्ने विषयका बारेमा जानकारी दिन अभिमुखिकरण केन्द्रहरु नै हुनेछन् । 

रोजगारीका लागि जापान पुगेका व्यक्तिले चाहेमा रोजगारदाता परिवर्तन पनि गर्न सक्नेछन् । यसका लागि सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग गर्ने छ । यो भयो जापान पुगिसके पछिको कुरा । मुख्य कुरा जापान जानु अघिको हो । 

जापान र नेपालबीच पहिलो चरणको मुख्य समझदारीमा हस्ताक्षर भएपनि थुप्रैकुराहरु टुँगिन बाँकी छन् । जस्तै कहिले देखि जापानको रोजगारीमा नेपाली जान थाल्छन् अनी कुन कुन क्षेत्रको रोजगारीमा र कति संख्यामा जान्छन् भन्ने टुँगो लाग्न बाँकी नै छ । यसका बारेमा अवको दुईतीन हप्तामा पहिलो चरणको काम सकिन सक्ने अनुमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुले गरेका छन् ।  

जापानी भाषाको ज्ञान एउटा महत्वपुर्ण कुरा हो । तर जतिसुकै राम्रो नम्वर ल्याएको प्रमाणपत्र भएपनि तपाई जापानी भाषाको परीक्षा हुँदा बोल्न सक्नु भएन भनें तपाई जापान जान सक्नुहुने छैन । यसैगरी जापानले सीपयुक्त कामदारको खोजि गरेको छ । त्यसैले भाषा सिकेपछि जापान जान सकिन्छ भन्ने भ्रममा नपर्नु राम्रो हुन्छ । अर्को कुरा नेपालबाट जापानले लैजान सक्ने क्षेत्रहरुको पहिचान गर्नुपर्दछ । अहिलेसम्म कुनै टुँगो नलागेपनि नर्सिङ, होटल तथा रेष्टुराँको काममा नेपालीको माग हुन सक्छ । यसैगरी कृषि क्षेत्रमा पनि केहि माग आउन सक्छ । त्यसैले ति क्षेत्रको काम जानेका व्यक्तिले मात्र भाषा परिक्षाको तयारी गर्नु उचित हुन्छ ।

मुख्य कुरा, हल्लाको पछि नलाग्नुहोस्, केहि दिन पर्खिनु र जापानले कुन क्षेत्रको काममा नेपालीको माग गर्छ, सोही अनुसारको सीप आफूसँग भए नभएको टुँगो गरेर मात्र भाषा लगायतका कुरामा लाग्नु पर्छ । धेरै ठूलो संख्यामा नेपाली नपर्न सक्दछन्, किनकी जापानले नेपालजस्तै ९ वटा मुलुकबाट कामदार लैजाँदैछ । त्यसैले सानो संख्या मात्र नेपालीको हुन सक्दछ । अहिले नै जापानी भाषाका कक्षा चलाउने संस्थाहरु वा व्यक्तिहरुले लै जापान खुल्यो वा जापान जाने घर भन्दै चलाएको हल्लाको पछि लाग्नुभयो भनें पैसा त खर्च हुने नै छ, समय, परिश्रम पनि खेर जान सक्छ । त्यसैले राम्रोसँग विचार गर्नु बुद्धिमानी हुन्छ ।  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/_NpW_NCGKKI” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: