जडीबुटी निर्यात

काठमाडौं, फागुन २४-

कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप अमेरिका निर्यात गर्न थालेका छन्

कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन्

कर्णाली प्रदेशलगायत हिमाली पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन्

नेपाल जडीबुटी व्यवसायी सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४७५ मा अमला पाउडर एक हजार २० किलो, अश्वगन्धा पाउडर चार हजार ६०० किलो सितल चिनी पाउडर एक हजार २० किलो इटली, जर्मन फ्रान्समा निर्यात भएको थियो

चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको नेपालगञ्ज जडीबुटी कारोवार हुने प्रमुख क्षेत्र हो यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ अहिले युरोप अमेरिकामा बजार खोज्ने काम भइरहेको सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए

प्रशोधन गरी भारतबाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उनको भनाइ थियो नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो अन्य मुलुकमा समेत जडीबुटी प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भनेयसको परिमाण बढाउन यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी सरकारका तर्फबाट धेरै गर्न बाँकी

प्रशोधन गरी निर्यात गरिने जडीबुटीमा लगाइने प्रशासनिक झण्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने उनको भनाइ थियो निर्यातकर्ता शुक्लाका अनुसार प्रशोधित जडीबुटीको गुणस्तरलाई प्राथमिकता दिए युरोप अमेरिकी बजारमा यहाँको जडीबुटीको पहिचान हुनेछ कच्चा पदार्थ बिक्री गरेर मात्र नेपालको जडीबुटीले बजारमा राम्रो मूल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी स्थानीय व्यवसायीले ठूलो लगानीमा उद्योग खोलेका हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: