बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन् ?

काठमाडौं, माघ २९-

भोली फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणासँगै बेरोजगारहरुको तथ्याँक संकलन गरिने र न्यूनतम रोजगारी उपलव्ध हुन नसकेमा बेरोजगार भत्ता दिने सरकारले घोषणा गरेको छ । यो सन्देशलाई कतिपयले अव सहजै सरकारी भत्ता उपलव्ध हुने ढंगले समेत लिएका छन् । तर यो सतही रुपमा देखिएजस्तो सहज रुपमा भत्ता पाइने कार्यक्रम नभएको सरकारी अधिकारीहरुले बताएका छन् ।

“सरकारको उद्धेश्य भत्ता वितरण भन्दा पनि रोजगारीसँग श्रमिकलाई जोड्ने हो” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने “भत्ता पाउनेको संख्या एकदमै न्यून हुनेछ ।” उनले सरकारी ढुकुटीमा धेरै रकम भएर बाँड्न लागेको रुपमा नबुझ्न आग्रह गर्दै काम गर्ने उमेर समुहका व्यक्तिलाई रोजगारदाता र रोजगारीसँग जोड्नु यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको प्रष्ट्याए ।

कसले पाउँछन् बेरोजगार भत्ता ?  

प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई दिइने निर्वाह भत्ताका बारेमा स्पष्ट व्यवस्था गरिएको छ । बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक बर्षमा न्यूनतम एकसय दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको १८ बर्ष द ेखि ५९ बर्ष उमेर समुहको नागरिक हुनेछ भन्ने व्यवस्था रोजगारीके हक सम्वन्धी ऐन, २०७५ ले व्यवस्था गरेको छ । त्यसैले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सुचना केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक बर्षमा कम्तीमा १ सय दिन न्यूनतम रोजगारी परिवारको कुनै पनि सदस्यले प्राप्त गर्न नसकेमा त्यस्तो परिवारलाई न्यूनतम पारिश्रमिकको ५० प्रतिशतको दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा प्रदान गरी सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ । तसर्थ परिवारको कुनै एक व्यक्ति रोजगारमा संलग्न भएमा वा स्वरोजगार भएमा त्यस्ता परिवारको अन्य सदस्यहरु बेरोजगार भएमा पनि सरकारले बेरोजगार भत्ता उपलव्ध गराउने छैन ।

यसैगरी परिवारको कुनै सदस्य बैदेशिक रोजगारमा रहेको भएमा पनि त्यस्ता परिवारको सदस्यले बेरोजगार भत्ता नपाउने सरकारले व्यवस्था गरेको छ । कुनै सरकारी जागिरबाट निवृत्तिभरण लिइरहेको, पूर्व लाहुरेहरु वा अन्य कुनै निकायबाट नियमित रुपमा कुनै सहायता रकम बझ्ने व्यक्तिको परिवारले पनि यस्तो भत्ता नपाउने कानूनी व्यवस्था गरिएको छ ।   

निर्वाह भत्ता पाउने अवस्था

– परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा

– नेपाल सरकारले तोकेभन्दा कम बार्षिक आय भएको परिवार भएमा

– परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा

– परिवारको कुनै पनि सदस्य बैदेशिक रोजगारीमा नभएमा

– सरकारी कोष(संघ, प्रदेश वा स्थानीय तहको कोष) वा अन्य मुलुक वा अन्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तिभरण वा अवकास सुविधा लिइरहेको नभएमा वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्वन्धी अन्य कोष वा रोजगारदाताबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको नभएमा ।

नाम दर्ता कहाँ गर्ने ?

यदि आफू बेरोजगार भएमा त्यस्ता व्यक्तिले आफ्नो विवरण रोजगार सेवा केन्द्रमा दर्ता गर्नुपर्नेछ । उनीहरुको विवरणलाई रोजगारदातासँग जोड्न समन्वय गर्ने काम रोजगार सेवा केन्द्रले गर्नेछ । यस्ता सेवा केन्द्रहरु ७ सय ५३ वटै पालिकाहरुमा हुनेछन् । ति केन्द्रमा दर्ता भएर पनि न्यूनतम रोजगारी नपाएकाहरुलाई सरकारले बेरोजगार भत्ता उपलव्ध गराउने तयारी गरेको छ । सरकारले गरेको व्यवस्थाले त्यस्तो भत्ता लिनेहरुको संख्या अत्यन्त न्यून हुने देखिएको छ ।

यो पनि पढ्नुहोस् स्वदेशमा नै रोजगारी सिर्जनाको आधार तयारस् मन्त्री विष्ट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: