सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २-

नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध यूनियन ईम्पे्रशन नेपालले डिजिटल युगमा नेपाली श्रम बजारको व्यवस्थापनः अवसर र चुनौती विषयमा छलफल गरेको छ ।

सो अवसरमा बोल्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले समयसँगै आफ्नो दक्षतालाई बढाउँदै लगेमा प्रविधिले धेरै सहयोग गर्ने बताए । उनले अवका श्रमिक प्रविधिसँग अभ्यस्त हुनैपर्छ भन्दै यदि यसो गर्न सकिएन भनें मुलुकको प्रगति नहुने धारणा राखे ।

जिफन्टका संरक्षक समेत रहेका रिमालले १५/२० बर्ष अघिसम्म पनि कम्प्युटरको प्रयोग धेरैका लागि नौलो हुने गरेको भन्दै अव त्यो सामान्य भइसकेको र प्रविधिलाई कामको सहयोगी बनाउन आवश्यक रहेको बताए । 

उनले नेपालमा पनि प्रविधिको प्रयोगले धेरै महत्वपूर्ण परिवर्तन भइरहेको भन्दै विश्वविद्यालयले तयार पार्ने जनशक्ति र बजारको मागमा भनें तादात्म्यता मिलाउन आवश्यक रहेको धारणा राखे । पढाई सकेर बजारमा आउने युवा वा पढाइ सकेर काममा लागिसकेकाहरुमा पनि आफूले पढेको प्रविधिको प्रयोग गर्ने विषयमा व्यवहारिक ज्ञानको अभाव हुने गरेको उनको भनाई थियो ।

सो अवसरमा बोल्दै जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले अहिले ट्रेड यूनियनको परिभाषा नै फेरिएको धारणा राखे । उनले नेपालमा ट्रेड यूनियन सुरु गर्दा कारखानामा काम गर्नेहरु र शारिरीक परिश्रम गर्नेहरु मात्र श्रमिक हुन् र उनीहरुलाई मात्र सदस्य बनाउनु पर्छ भन्ने धारणा राख्ने गरिएकोमा अहिले आयआर्जनका लागि काम गर्नेहरु सवै श्रमिक हुन् भन्ने धारणामा रुपान्तरण भइसकेको बताए । उनले सुचना प्रविधिको बढ्दो प्रयोग अवसर भएपनि अझै पनि कतिपय श्रमिकले यसलाई चुनौतिका रुपमा बुझिरहेको भन्दै आफूलाई प्रविधि अनुरुप अभ्यस्त बनाउन आग्रह गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतले स्वदेशमा नै रोजगारी बृद्धि तथा श्रमिकको क्षमता अभिवृद्धिमा सहयोग गर्ने उनको अपेक्षा थियो ।

सो अवसरमा बोल्दै प्रधानमन्त्रीका सुचना प्रविधि सल्लाहकार अस्गर अलिले छिमेकी मुलुकहरु भारत र चीनले प्रविधिको प्रयोगबाट नै आफ्नो मुलुकमा प्रगति गरिरहेको धारणा राखे । उनले नेपालमा काम गर्ने जनशक्तिको खाँचो नभएको भन्दै सुचनाप्रविधिको क्षेत्रबाट नै संसारमा धेरै बस्तु विक्रि गर्न सकिने र नेपालमा उत्पादन हुने सामानको मूल्य सस्तो पर्ने धारणा राखे । उनले नेपालमा सुचनाप्रविधिलाई केन्द्रीत गरेर काम गरिए धेरै रोजगार सिर्जना हुन सक्ने पनि विचार प्रकट गरे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका सुचना प्रविधि क्षेत्रका प्रमुख बिनोद ढकालले बढ्दो सुचना प्रविधिको प्रयोगसँगै श्रमिकले आफूलाई पनि स्तरोन्नती गर्दै लैजानुपर्ने धारणा राखे । उनले नेपालमा यसको कमी रहेको भन्दै तर नेपालमा पनि बढ्दो सुचना प्रविधिको प्रयोगका कारण यो अनिवार्य शर्त भइसकेको बताए  । उनले विश्वविद्यालयहरु तथा उद्योगप्रतिष्ठानहरु बीच ज्ञान र कामलाई जोड्ने पुलको आवश्यकता रहेको धारणा राखे ।

यसैगरी सुचनाप्रविधि विज्ञ किरण गौतमले हरेक पटक नयाँ क्रान्ति हुँदा त्यसको सुरुवाती चरणमा केहि कठिनाई हुनेगरेको भन्दै अहिले सुचनाप्रविधिको क्रान्तिको समय रहेको बताए । उनले नयाँ प्रविधि आउने वित्तिकै पुरानो प्रविधि विस्थापित हुने र नयाँ प्रविधिसँगै सो प्रविधि चलाउन जान्नेहरु आवश्यक पर्ने भएकाले प्रविधिसँग अभ्यस्त हुनु आवश्यक रहेको धारणा राखे । उनले अवको ५/१० बर्षपछिको मागलाई चिनेर काम गर्न थाल्ने हो भनें मात्र सफल हुन सकिने धारणा राखे ।

कार्यक्रममा बोल्दै ईम्प्रेशन नेपालका अध्यक्ष महेन्द्र श्रेष्ठले सुचनाप्रविधिको क्षेत्रमा आएको परिवर्तनका बारेमा धारणा राखेका थिए । अध्यक्ष श्रेष्ठले श्रमिकले आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्ने, राज्यमा रोजगारीको अवसर सिर्जना हुनुपर्ने तथा श्रमिकका लागि मर्यादित काम उपलव्ध हुुनुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: