बैदेशिक रोजगारले विगारेको परिवार (देश परदेशको भिडियो श्रृंखला ३)

 

काठमाडौं-

नेपालको मध्य तराई । गरिवि र बेरोजगारी चर्को छ । त्यसैले यहाँबाट रोजगारीका लागि धेरै युवा विदेश जान्छन् । बैदेशिक रोजगारले तराईमा धेरै परिवारको अवस्था फेरिएको छ । र सँगसँगै फेरिंदैछन् अरु धेरै कुराहरु पनि । दहेज तिनिहरु मध्ये एक हो ।

पछिल्लो समयमा बैदेशिक रोजगारले दहेज(दाइजो) को दरलाई बढाएको छ । कसरी त ? सर्लाहीमा सामी परियोजनामा कार्यरत सुस्मा साहको शव्दमा पछिल्लो अवस्था यस्तो छः

“दाइजोलाई बैदेशिक रोजगारले अझ बढावा दिएको छ । जव हाम्रो समुदायमा जव छोरीको विहे गरिन्छ, अनी जो केटा नेपालमा नै लेवर वर्कमा छ, त्यस्तो केटालाई छोरी दिइयो भनें १ लाख दिइन्छ भनें जो केटा बैदेशिक रोजगारमा बसेर आएको छ, यदि उ बैदेशिक रोजगारमा गएको छ भनें त्यस्तो केटादलाई छोरी दियो भनें तीन लाख । कम्तीमा ३ लाख देखि सुरु नै गरिन्छ । र, अर्को कुरा दाइजोले गर्दा, बैदेशिक रोजगारले गर्दा महिलाहरु झन पीडित भएका छन्, हिंसामा परेका छन् । जस्तो विहेको बेला केटा नेपालमा नै थियो, तर विहे पछि उसले बैदेशिक रोजगारमा जाने सोच बनायो वा उ गइसक्यो भनें केटातर्फबाट डिमाण्डहरु बढ्दै जाने । जस्तो की माइतबिाट बाइक लिएर आइज वा ल्यापटप लिएर आइज भन्ने । यसले गर्दा महिलाहरु धेरै नै पीडित छन् । उनीहरु धेरै समस्यामा छन् । उनीहरुले आफ्नो यो समस्या कहाँ राख्ने, कोसँग कुरा गर्ने कुनै ठाउँ पाइरहेका छैनन ।” 

उनले भनेजस्तै पात्र हामीले धनुषामा भेट्यौं । दुई बर्षकी एक छोरीकी आमा ति युवती बल्ल आफैं १६ बर्षकी भईन् । विहे हुँदा केटा नेपालमै थिए । बिहेपछि जव उनी विदेश उडे, थप दाइजो माग्ने क्रम सुरु भयो परिवारको । उनले हामीलाई आफूलाई परेको समस्या यसरी बताइन्:

“गाउँमा अरुको विहे भयो भनें मलाई (माइतीबाट) मोटरसाइल ल्या, ल्यापटप ल्या, गाइबस्तु किन्न २० हजार माग भन्थे । तर मैले एकपटक त दिनसक्ने दिइसके, व त्यसमै खुशी हुनुर्प भन्थें । मेरा दुईजना ससाना बहिनीहरु पनि छन् । उनीहरुको पनि विहे गर्नुपर्छ, उनीहरुलाई पनि दिनुपर्छ भन्थें । मलाई नै पटक पटक दिइरहन सक्छन् भन्थे । त्यसैले उनीहरु झगडा गर्थे । मलाई कुट्थे ।”

उनकी सासुले बुहारीले थप दाइजो ल्याउँदिन भन्ने यकिन भएपछि परपुरुषसँग लागेको बहाना बनाइन् र घरबाट निकालिदिइन् । हामीसँगको कुराकानीका क्रममा कामिरहेकी उनले आफूलाई कसरी घरबाट निकालियो भनेर यसरी बताइन्:    

“म मेला हेर्न गएकी थिएँ । गाउँको एकजना दाजु भेटिए । मैले खुट्टामा ढोगें । उनले सासुसँग आएको हो भनेर सोधे । मैलो हो भनेर सासुलाई पनि बोलाएर ल्याएर चिनाएँ । मेरो दाजुले मेरो सासुको पनि ढोगे । त्यहि दाजुलाई देखेर मेरो सासुले म उहाँसँग लागेको आरोप लगाइन् । यहि निहुँमा झगडा गरिन् । मतलव गाउँमा अरुको विहे हुँदा मोटरसाइकल ल्या, ल्यापटप ल्या भन्दा मैले हुन्न भनेपछि अर्कैसँग लागेको झुट्टो आरोप लगाएर मलाई कुटेर घरबाट निकालिदिए ।”

मधेसी समुदायका महिला यसैपनि बर्षौंदेखि दाइजोको मारले हिंसा भोग्न बाध्य छन् । पहिले धेरै पढेको केटासँग छोरीको विवाह गर्न धेरै दाइजो दिनु पथ्र्यो अभिभावकले । अहिले बैदेशिक रोजगारमा जानु पनि बढी दाइजो माग्ने माध्यम भएको छ । यसले महिलालाई थप हिंसाको शिकार बनाउँदैछ । 

भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/jTUA3B63IPs” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: