दुबईमा नेपालीले जिते ३० पदक

राजा बगर, दुबई, जेठ १-

दुवईमा भएको बुदोकन इन्टरनेशनल कराते च्याम्पियनशीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, रजत काँश्य तथा काता कुमुते विधामा  च्याम्पियन अफ च्याम्पियन पदक हात पार्न सफल भएका छन्

अन्तराष्टिय  निर्णायक एभरेष्ट मार्शल आर्ट क्लबका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रवि शाहीका अनुसार उक्त प्रतियोगितामा च्याम्पियन अफ च्याम्पियन काता विधामा पर्शुराम बास्तोला सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ कुसुम खड्का बन्न सफल भए।

स्वर्ण पदक विजेता कुमुते तर्फः

दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा,  लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा, सरिता श्रेष्ठ।

स्वर्ण पदक विजेता काता तर्फः

पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्द्र खड्का, मोनिका थापा,  आशना पाण्डे, आर्यन पाण्डे।

रजत पदक विजेता काता कुमुते तर्फः

मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्ति मगर, रिचिका बानियाँ, आर्यन पाण्डे, केञ्जल श्रेष्ठ।

काँश्य पदक विजेता काता कुमुते तर्फः

नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्द्र खड्का, भूपेन्द्र पुन।

विभिन्न पदक काता कुमुतेको सिनियर, जूनियर, केडेट , भेट्रान्समा स्वर्ण, रजत, काँश्य पदक हात पार्न सफल भए।

त्यसैगरी नेपालको निर्णायक मण्डलमा रबि शाही, साइला घमाल, सञ्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन प्रेम श्रेष्ठ रहेका थिए कोचमा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञान बहादुर जिम्बा राम कुमार थारु रहेको एभरेष्ट क्लबका डाइरेक्टर रबि शाहीले जानकारी दिएका छन्

यो पनि पढ्नुहोस् छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: