एनआरएनएको श्रमिकमैत्री व्यवहार

 

सुनिल न्यौपाने, काठमाडौं, पुष ३०

गत कात्तिकमा काभ्रेको धुलिखेलमा सम्पन्न गैरआवासीय नेपाली संघ(एनआरएनए) केन्द्रीय कमिटीको पहिलो बैठकले साउदी अरवमा जेलमा रहेका नवलपरासीका थानेश्वर भुषालको उद्धारका लागि १२ लाख ५० हजार दिने घोषणा गर्यो सोही अभियानमा एनआरएनए, साउदीले थप लाख ५० हजार प्रदान गर्ने निर्णय गर्यो

१५ सेप्टेम्वरमा रमेश श्रेष्ठको अध्यक्षतामा निर्वाचित एनआरएनए, युएईको पहिलो बैठक(२१ सेप्टेम्वर) ले आपतकालिन राहत तथा उद्धार कोष स्थापना गर्ने निर्णय गर्यो त्यसपछि सेप्टेम्वर २९ मा दलालले भिजिट भिषामा युएई पुर्याएर अजमानमा अलपत्र पारिएका २२ जना नेपालीलाई खाद्यान्न सहयोग तथा उद्धार गरी दूतावासको सहयोगमा नेपाल फर्काइयो

एनआरएनए युएईले अवैधानिक रुपमा युएई हुँदै कुवेत पुर्याइएकी रेनुका दर्जीको उद्धार गरी नेपाल फर्काउन मद्धत गर्यो यति मात्र नभई भिजिट भिषामा युएई पुगेर घरेलु कामदारका रुपमा कार्यरत सुमित्रा खवासको उद्धार नेपाल फिर्तिमा समेत एनआरएनए युएईले मद्धत गर्यो यसैगरी भिजिट भिषामा नै युएई लगेर अजमानमा बन्धक बनाइएका अन्य मुलुकमा पठाउन लागिएका जना महिलालाई एनआरएनकै सकृयतामा दूतावाससँगको समन्वयमा उद्धार तथा नेपाल पठाउने काम भयो

गत जनवरी , २०१८ का दिन एनआरएनएका अध्यक्ष भवन भट्ट महासचिव डा. बद्री केसीले डेढ बर्षअघि अफगानीस्तानको काबुलमा तालिवानको आक्रमणमा परी मारिएका नेपाली सुरक्षा गार्डहरु मध्ये ११ जनाका परिवारलाई जनही लाखको चेक हस्तान्तरण गरे

यी केहि प्रतिनिधिमुलक घटनाहरु हुन् जसले एनआरएनएले बैदेशिक रोजगारमा गएका नेपालीहरु प्रति उनीहरुले गरेको सहयोगलाई झल्काउँछ एनआरएनएको स्थापना नै चल्तीको एउटा शव्द सुकिलामुकिलाहरुको संगठनका रुपमा रह्यो । बर्ष दुई बर्षमा काठमाडौं उत्रिने सोल्टी वा हायातमा ठूलै तामझामका साथ कार्यक्रम गरेर केहि आश्वासनका पोका बाँडेर फर्किने उनीहरुको तस्वीर बन्यो , नेपालमा बस्नेहरुले पनि एनआरएनहरुको कुरा सुृनेर ठूलै आश गरेर बसे मुलुकको आर्थिक समृद्धिमा एनआरएनले रातारात कायापलट गरिदिने अपेक्षाको भ्रम टुट्न केहि बर्ष लाग्यो , त्यो भ्रम यसरी टुट्यो की त्यहि बर्ष दुई बर्षमा सम्मेलन गर्न आउनेहरुलाई चटक देखाउनेहरुका रुपमा रुपान्तरण गरियो

यहि बीचमा एनआरएनएका शाखाहरु खाडीका मुलुकहरु मलेसियातिर पनि विस्तार भए कतिपयले त्यसलाई अनावश्यक पनि माने श्रम गर्न दुई वा तीन बर्षका लागि ति मुलुकमा पुगेको नेपाली गैरआवासिय नेपाली हुनै नसक्ने जिकिर थियो आलोचना गर्नेहरुको यसैगरी ति मुलुकमा एनआरएनएको नेतृत्व गर्ने कतिपय व्यक्तिहरुको आलोचित पृष्ठभूमीले पनि एनआरएनएको तस्वीर उज्यालो हुन सकेन तर समयक्रमसँगै श्रमिकमैत्री तस्वीर पनि एनआरएनएको देखिंदै गएको

हुन अघिल्लो कार्यकाल देखि नै एनआरएनए, युएईले श्रमिक उद्धार सहयोगका केहि उल्लेख्य काम गरेको थियो पछिल्लो कार्यसमितिले यसमा अझ धेरै प्राथमिकता दिएको एनआरएनए, युएईका अध्यक्ष रमेश श्रेष्ठ आफूहरुसँग पीडितले फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट सम्पर्क गर्ने समस्यामा परेकाहरुलाई खाद्यान्न लगायतको समस्या तत्काल परेको भएमा सो सहयोग गर्ने तथा दूतावाससँगको समन्वयमा उद्धारको काम गर्ने गरिएको बताउँछन्  “यहाँ कानूनी हिसावले सिधै हामी सहयोग गर्न सक्दैनौं, त्यसैले हामी दूतावाससँग सहकार्य गर्दछौं” श्रेष्ठले भने “नेपालमा मेनपावर कम्पनीसँग सम्वन्धित कुनै समस्या भनें चाहिं हामी एनआरएनएकै तर्फबाट पनि फोन गर्ने समस्या सुल्झाउने प्रयास गर्दछौं ।”

खाडी मुलुक मलेसिया जहाँ लाखौं नेपाली काम गर्दछन्, त्यहाँ एनआरएनएले आपत परेका नेपालीलाई सहयोग गर्ने हो भनें नेपाली डायस्पोराको ठूलो महत्व रहन्छ त्यहि कामलाई अहिले केहि मुलुकका एनआरएनएले प्राथमिकता दिएका हुन् एनआरएनए, कतारका निवर्तमान अध्यक्ष विनेश तामाङले देशपरदेशसँगको एक भेटमा नेपालीसँग सम्वन्धित समस्या आइपरेमा कतारको सरकारी निकायले समेत आफूहरुलाई जानकारी गराउने गरेको आफूहरुको समेत संलग्नतामा समस्या हल गर्ने गरिएको बताएका थिए उनले त्यसरी केहि नेपालीको उद्धार गरिएको भन्दै कतारको सरकारी निकायले पनि नेपाली समाजको प्रतिनिधिमूलक संस्थाका रुपमा सहभागि गराउन थालेको हुँदा भविष्यमा यसले अझ सहजता हुने आशा प्रकट गरेका थिए । वर्तमान कार्यसमितिले पनि श्रमिकका समस्या सहजिकरण गरिरहेको एनआरएनए, कतारका अध्यक्ष नविन पोखरेल बताउँछन् । एनआरएनए, कतारले श्रमिकका समस्या समाधानमा उपाध्यक्ष सुदर्शन भट्टको संयोजकत्वमा कार्यदल नै वनाएर काम गरिरहेको छ ।   

श्रमिकका पक्षमा काम गर्नुपर्छ भन्ने आवाज एनआरएन भित्रै उठेको पनि निक्कै भयो खासगरी क्षेत्र हेर्नेगरेर नै मध्यपूर्व संयोजक, उपसंयोजकहरु तोकिएपछि उनीहरु मार्फत आवाज केहि दरिलो भयो यसअघि मध्यपूर्व संयोजकको जिम्मेवारी सम्हालेका ओमानमा कार्यरत डीवि क्षेत्रले हजारे अभियानजस्तो नेतृत्वदायी विचारलाई एनआरएनए नेपालको सरकारी तहमा पनि स्थापित गराउन सफल भए हाल एनआरएनएका सचिव रहेका क्षेत्री पहिले पनि श्रमिकका पक्षमा काम गर्न खोज्ने गरिएको तर अहिले भनें देखिने गरि काम हुन थालेको बताउँछन् उनले मुद्धाको पहिचान हुँदै गएको सोही अनुरुप नतिजा देखिएको धारणा राखे एनआरएनएको बैदेशिक रोजगार सम्वन्धि टास्क फोर्सका संयोजक समेत रहेका क्षेत्री एनआरएनएले अझ धेरै श्रमिकमैत्री काम गर्ने बताए       

अफगानिस्तानमा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यलाई चेक हस्तान्तरण गर्दै एनआरएनए अध्यक्ष भट्टले एनआरएनए वैदेशिक रोजगारमा गएका नेपालीहरुको सुःख दुःखमा जहिले पनि संगसंगै रहेको भन्दै भविष्यमा पनि श्रमिकको हकहितमा कार्यरत रहने बताए  ‘सुकिलामुकिला’हरुको मात्र बोलबाला भएको भनिएको संस्थाले श्रमिक अझ विशेषगरी खाडी मलेसियामा गर्ने सहयोगको विशेष अर्थ रहन्छ त्यहि विशेष काम गर्ने प्रेरणा अझै बढ्दै जाओस, शुभकामना  

यो पनि पढ्नुहोस् चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: