घट्यो हुण्डीको कारोवार, वैधानिक माध्यमबाट पैसा पठाउने बढे

काठमाडौं, पुस १३-

साना रेमिट कम्पनीहरुलाई पनि रकम विदेश पठाउने अनुमति सरकारले प्रदान गरेपछि तथा हुण्डी कारोवारीलाई कोरियाली सरकारले पक्राउ गर्न थालेपछि कोरियाबाट भित्रिने रेमिट्यान्स वैधानिक च्यानमार्फत भित्रिने दर बढेको छ । यसले हुण्डीको ठूलो कारोवार हुने कोरियाबाट वैधानिक च्यानलको प्रवद्र्धन हुने देखिएको हो । हालै कोरियाबाट नेपालमा पैसा पठाउन दुईवटा रेमिट्यान्स कम्पनीले सेवा सुरु गरेका छन् ।

दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीहरुलाई पनि रकम पठाउने अनुमति दिएपछि साना कम्पनी दर्ता हुन थालेका छन् । तर ती कम्पनीले केही ठाउँबाट मात्रै सेवा सुरु गरेकाले अझै पनि नेपालीको पहुँचमा नरहेको प्रवासी मजदुर संगठन (एमटियु) का सचिव मधुसुदन ओझाले बताए । यसअघि ठूला बैंकहरूलाई मात्रै नेपालमा रकम ट्रान्सफर गर्ने अनुमति थियो ।

अहिले रुपिज सेन्ड रेमिट्यान्स र ग्लोबल मनि एक्सप्रेस (जिएमई) ले यस्तो सेवा थालेका छन् । सेवा सुरु भएसँगै यी कम्पनीबाट रकम पठाउने नेपालीको संख्या बढ्न थालेको ओझाले बताए । जिएमईले दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रूपमा अक्टोबर १० देखि कारोबार गर्न थालेको हो ।

रेमिट्यान्स कम्पनीमार्फत नेपालमा रकम पठाउँदा एक पटकमा ३ हजार अमेरिकी डलर (झण्डै तीन लाख रूपैयाँ) र वर्षमा २० हजार अमेरिकी डलर अर्थात् झण्डै २० लाख रूपैयाँ पठाउन पाइन्छ । जिएमईमार्फत रकम पठाउँदा एकपटकमा ७ हजार कोरियन वन (झण्डै ६ सय ४३ रूपैयाँ) शुल्क लाग्नेछ ।

यसैगरी कोरियाली सरकार हुण्डी कारोबारी विरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेपछि यसले त्यहाँ सकृय हुण्डी कारोवारी त्रसित भएका छन् । यसैगरी हुण्डी कारोवारी पक्राउ परेपछि यसले हुण्डी मार्फत रकम पठाउनेहरु पनि  रकम डुव्ने डरले बैधानिक च्यानल तर्फ आकर्षित भएको अनुमान गरिएको छ । गतहप्ता मात्रै कोरियाको प्रहरी कार्यालयको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान विभागले हुण्डीको कारोबार गर्ने १२ नेपालीसहित कोरियाली र चिनिया गरी २६ जनालाई पक्राउ गरेपछि यसले हुण्डी कारोवारी पनि त्रसित भएका छन् ।  

यसैबिच ईपिएस कोरिया शाखाले बैंकिङ च्यानलबाट रकम नपठाए कोरिया जान पुनः श्रम स्वीकृति नदिने जनाएको छ । श्रम स्वीकृति लिनेबेलामा अवदेखि रकम पठाएको प्रमाण समेत पेश गर्नु पर्ने शाखाका निर्देशक बाबुराम खतिवडाले बताए । सन् २००८ मा ईपीएस प्रणाली लागू भएयता झण्डै ५१ हजार व्यक्ति रोजगारीका लागि कोरिया पुगेका छन् ।

यो पनि पढ्नुहोस ‘युवालाई खाडी जान बाध्य नबनाउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: